Kakhara सबैको खबर सम्पूर्ण खबर
सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन आठविसकोट नगरपालिकाको अनुरोध 

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले वडा नम्बर ९ राडीबजार सडक क्षेत्रभित्र पर्ने घर तथा टहरा हटाउन अनुरोध गरेको छ । आज नगरपालिकाले एक सूचना जारी गर्दै सडक क्षेत्रभित्र पर्ने राडीबजार आसपासका घर–टहरा हटाउन अनुरोध गरेको छ । रेडियो नेपाल चोकदेखि प्रहरी कार्यालयसम्म सडक निर्माण गर्नुपर्ने भएकाले मापदण्ड विपरित रहेका संरचना हटाउन भनिएको हो । 

उक्त सडक निर्माणको जिम्मा आठविसकोट नगरपालिका ४ मा रहेको युरो निर्माण सेवाले पाएको छ । निर्माण कम्पनीले सडक निर्माणका लागि आवश्यक साईड उपलब्ध गराइदिन नगरपालिकामा निवेदन दिएपछि सडक क्षेत्रभित्र पर्ने घर तथा टहरा हटाउन आग्रह गरिएको नगरपालिकाले जनाएको छ । मापदण्ड विपरित भएका एक्त संरचनाहरु सात दिन भित्र खाली गर्न निमित्त प्रमुख प्रशासकीय अधिकृत गोपालकृष्ण शाहले जारी गरेको सूचना उल्लेख गरिएको छ ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update