रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष करिब ४ लाख रुपैयाँ बराबरको मह उत्पादन भएको छ । पालिकाभर ययवर्ष ४ लाख रुपैयाँ बराबरको मह उत्पादन भएको हो । अघिल्लो वर्षभन्दा यसवर्ष मह उत्पादनमा कमि आएको त्रिवेणी गाउँपालिका कृषि विकास शाखाले जनाएको छ । मह उत्पादन प्रति किसानको चासो नभएका कारण पनि त्रिवेणी गाउँपालिकामा सोेचेजस्तो मह उत्पादन हुन नसकेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख ऐनबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यषवर्ष पालिकाभर १ सय वटा मौरी घारबाट चार सय किलो मह उत्पादन भएको हो । प्रति घारबाट ४ किलोसम्म मह उत्पादन भएको उहाँको भनाइ छ । किसाानले प्रतिकिलो १ हजार रुपैयाँका दरले मह विक्रि गरेका छन् । उत्पादित मह प्रतिकेजी १ हजार रुपैयाँका दरले बिक्री हुँदा कुल ४ लाख रुपैयाँ बराबरको कारोबार भएको कृषि शाखा प्रमुख कार्कीले जानकारी दिनुभयो ।
मौसममा आएको परिवर्तन, मौरीमा देखिने रोग तथा चरन क्षेत्रको कमीका कारण पछिल्लो समय मह उत्पादन घट्दो क्रममा रहेको उहाँकाे भनाई छ । “पहिलाको तुलनामा उत्पादन घट्दै गएको छ, मौरी पालनलाई थप व्यवस्थित र आधुनिक बनाउन आवश्यक छ,” शाखा प्रमुख कार्कीले भन्नुभयो ।गाउँपालिकाले आगामी वर्षदेखि कृषकलाई मौरीपालन व्यवसायतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याउने समेत योजना बनाएको उहाँले बताउनुभयाे ।





-1759842583.jpg)