रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको दोस्रो गाउँसभाको २२ औँ अधिवेशन सम्पन्न भएको छ ।मंगलबार गाउँपालिकाको सभाहल तकमा दोस्रो गाउँसभाको २२ औँ अधिवेशन सम्पन्न भएको हो ।अधिवेशनको अवसरमा पालिका भित्रका विभिन्न विद्यालय शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको छ ।
गत वर्षको आधारभूत तह कक्षा ८ को बार्षिक परीक्षामा उत्कृष्ट नजिता ल्याउन सफल विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको हो । गाउँपालिकामा निर्माण तथा स्वीकृत छात्रवृत्ति वितरण कार्यविधि २०८० र शैक्षिक कार्य सम्पादन २०८१ को अधिनमा रहि शैशिक वर्ष २०८२ को बार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ध्रुव विकले जानकारी दिनुभयो ।
८ नम्बर वडामा रहेको जनसहयोग मावि रिबाङचौर उत्कृष्ट नतिजा ल्याउने विद्यालयका रुपमा सम्मानित भएको छ भने गणित विषयको परीक्षामा शतप्रतिशत विद्यार्थीलाई उतिर्ण बनाउन सफल जनजागृति आवि मयाङका गणित शिक्षक सुरबहादुर सेन सम्मानित हुनभएको छ ।
त्यसै गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याएर प्रथम हुने जनजागृति आवि मयाङका छात्र राजन घर्ती, दोस्रो हुने जनसहयोग मावि रिबाङचौरका छात्रा सृष्टि मल्ल र देउराली मावि हुकामका छात्र सम्झिमान घर्तीलाई सम्मान गरिएको हो । त्यसैगरी तेस्रो हुने देउराली मावि हुकामकी छात्रा संस्कृति विक पनि सम्मानित हुनुभएको छ ।
उत्कृष्ट नजिता ल्याउने विद्यालय, शिक्षक र विद्यार्थीलाई पुरस्कार तथा सम्मानपत्र सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।







-1759842583.jpg)