Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पतालमा डाक्टर सहितको डेन्टल सेवा

जिल्ला अस्पताल रुकुम पश्चिममा डेन्टल सेवा सुरु भएको छ । जिल्ला अस्पतालले केही दिन अघिदेखि जिल्ला अस्पतालबाट डेन्टल सेवा प्रदान गरिरहेको हो । दाँतसँग सम्बन्धित समस्याको समाधान गर्न भन्दै अस्पतालले दन्त उपचार सेवा सुरु गरेको हो । जिल्ला अस्पतालले डाक्टरकै निगरानीमा दाँतको उपचार सेवा सुरु गरेको हो । दाँतको उपचारमा दन्त चिकित्सक डाक्टर मिलन कोइराला खट्नु भएको छ ।

आवश्यक ल्याब स्थापना गरी यो सेवा सुरु गरिएको हो । आधारभुत तहका सबै काम एक्सरले, अप्रेशन लगायतका उपचार भइरहेको छ । दाँत निकाल्ने, आरसिटी गर्ने, बच्चाको दाँताको सम्पूर्ण उपचार सेवा प्रवाह भइरहेको अस्पतालले जनाएको छ । डाक्टर कोइरालाले जिल्ला अस्पतालमा दन्त सेवा सुरु भएको र विरामी पनि बढ्दै गएको जानकारी दिनुभयो । काम गर्ने क्रममा दाँत सम्बन्धिको ज्ञान प्रदान गर्नुपर्ने जस्तो अवस्था देखिएको डाक्टर कोइरालाले बताउनुभयो । ‘

धेरै जना आफै दाँत निकाल्ने भन्दै आउनुहुन्छ, त्यसको अरु उपचार नगरी, त्यसबारेका खास समस्या नबुझि दाँत नै निकाल्ने भन्दै आएकालाई अलि धेरै सम्झाउनुपर्ने अनुभव लिएको छु,’ डाक्टर कोइरालाले भन्नुभयो । दाँत स्वस्थ राख्न बानी व्यवहारमै परिवर्तन गर्नुपर्ने सुझाव उहाँको छ । सामान्य तवरबाट सफा गर्ने व्यवहारले दाँत सफा नहुने भएकाले त्यसमा ध्यान दिनुपर्नेमा डाक्टर कोइरालाले जोड दिनुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update