रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा सहिद परिवारसँग जलपान कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको समन्वय तथा सहिद परिवार समाज २ नम्बर वडाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
दश वर्षे जनयुद्धको क्रममा विभिन्न ३ ठाउँमा सामुहिक हत्यामा परी सादत प्राप्त गरेका १६ जना र प्रत्यक्ष लडाईको क्रममा ज्यान गुमाएका ९ जना सहिदको सम्झनामा जलपान कार्यक्रम गरिएको २ नम्बर पार्टी इन्चार्ज मैसर विसी (राजेश) ले जानकारी दिनु भयो । २
०५२ साल फाल्गुन १५ गते आजकै दिन मेलगैरीमा ६ जना २०५६ साल साउन ६ गते झाँक्री सल्ला बन्ने ठाउँमा ६ जना र २०५८ साल बैषाख १८ गते गिलवाङमा ४ जनाले सादत प्राप्त गरेका नेकपा माओवादी केन्द्र २ नंम्बरले जनाएको छ । सशस्त्र दश वर्षे जनयुद्धको क्रममा साबिको पिपल गाबिस तथा अहिलेको २ नम्बर वडामा २५ जना सहिद भएका थिए ।
सहिद परिवारका अध्यक्ष कर्णबहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रयमा पार्टी इन्चार्ज बि.सी सहिद परिवारकी सदस्य मंगली खत्री गाउँ कार्यपालिका दस्य जन कुमारी खत्री लगायतको उपस्थिती रहेको थियो वडामा मेलगैरी सहिद पार्कमा भएको कार्यक्रमको सञ्चालन सहिद परिवारका सदस्य बल बहादुर खत्रीले गर्नु भएको थियो




-1759842583.jpg)