Kakhara सबैको खबर सम्पूर्ण खबर
सुख्खा पहिरो खस्दा मध्यपहाडि लोकमार्ग अवरुद्ध

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९, सुलिहालेमा सुख्खा पहिरो खस्दा मध्यपहाडि लोकमार्ग अवरुद्ध भएको छ । आज बिहान साढे ८ बजेतिर सडक माथिबाट सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध भएपछि सवारी साधन आउजाउमा समस्या भएको छ । अवरुद्ध लोकमार्ग खुलाउने प्रयास भइरहेको छ ।

सडक अवरुद्ध भएको जानकारी हुने वित्तिकै सिम्ली प्रहरी चौकीबाट ५ जनाको प्रहरी टोली खटिएको र सडक सुचारु गर्नका लागि ठेकेदार कम्पनिसंग समन्वय गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ । सडक अवरुद्ध हुँदा विभिन्न ठाउँबाट सदरमुकाम आउँने र सदरमुकामबाट विभिन्न ठाउँ जाने सवारी साधन रोकिन बाध्य भएका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update