बार अध्यक्षमा हमाल

नेपाल बार एसोसियसन रुकुम जिल्ला अदालत बार इकाईको अध्यक्षमा गणेश हमाल निर्वाचित हुनुभएको छ । चौथो अविधेशनबाट हमाल सर्वसम्मत निर्वाचित हुनुभएको हो । अधिवेशनले मनिषा रोकाय भण्डारीलाई उपाध्यक्ष, रचना मल्ललाई सचिव र रमा गौतमलाई कोषाध्यक्षमा चयन गरेको छ । बार इकाई १३ सदस्यीय छ ।
हमाल बार इकाइको अध्यक्ष हुनु भएको यो दोस्रो पटक हो । यस अघि उहाँ झण्डै दशक अघि बार इकाई अध्यक्ष हुनुहुन्थ्यो । जिल्लामा रहेका अधिवक्ताहरु हरेक दुई वर्षपछि पालैपाले बार इकाइको नेतृत्व गर्ने र सदस्यमा रहेर काम गर्दै आएका छन् । यस अघि यक्कबहादुर पाण्डेको अध्यक्षतामा बार इकाई थियो ।
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७ १३:५८
प्रतिक्रिया दिनुहोस्