Top Navigation
बुधबार, मंसिर १३, २०८० ०५:४९:१५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बुधबार, मंसिर १३, २०८० ०५:४९:१५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #विचार
  • #डिग्रे
  • #लालबहादुर केसी
  • #शव फेला
  • #दुर्घटना
  • #खेलकुद
  • #बेल्टापु मेला
Search Here
समाज
  • Home
  • समाज
  • ट्राफिक कारबाहीबाट साढे २६ लाख राजश्व संकलन 
ट्राफिक कारबाहीबाट साढे २६ लाख राजश्व संकलन 
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, साउन ४, २०७९

रुकुम पश्चिममा ट्राफिक कारबाहीबाट एक वर्षमा साढे २६ लाख राजश्व संकलन भएको छ । जिल्लामा ट्राफिक कारबाही पनि बढ्दो क्रममा रहेको छ । वितेको आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न सवारी साधानलाई कारवाही गर्दा २६ लाख २८ हजार राजश्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १ वर्षमा कुल २ हजार ७ सय ५ वटा सवारी साधन कारवाहीमा परेका छन् । जसमा सबैभन्दा बढी मोटरसाईकल रहेका छन् । राजश्व पनि सबै भन्दा बढी मोटरसाईकलबाट उठेको छ । १ हजार ५ सय ९३ वटा मोटरसाईकल कारबाहीबाट १५ लाख ४४ हजार राजश्व उठेको छ ।

३ सय २९ वटा वसलाई कारवाही गरिएको छ । जसबाट ३ लाख २२ हजार जरिवाना उठेको छ । त्यस्तै २ सय ५ वटा ट्रक कारबाहीबाट २ लाख १ हजार, २ सय ६९ वटा ट्याक्टर कारबाहीबाट २ लाख ६१ हजार र ३ सय ९ वटा जीप कारबाहीमा पर्दा ३ लाख राजश्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर क्षेत्रीले जानकारी दिनुभयो । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरिएको उहाँले बताउनुभयो । जिल्लामा ट्राफिक कारबाहीमा पर्ने सवारी साधनको संख्या बढ्दै गएको छ । यसले राजश्वलाई पनि बढाईरहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा जम्मा १ हजार ७ सय १६ वटा सवारी साधन मात्र कारबाहीमा परेका थिए । जसबाट १७ लाख १० हजार राजश्व उठेको थियो । १ वर्षको अवधिमा जिल्लामा सवारी कारबाही ९ सय ८९ वटाले बढेको छ । राजश्वमा ९ लाख १८ हजारले वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । रुट परमिट नभएका, क्षमता भन्दा बढी यात्रु तथा सामान बोक्ने, आवश्यक कागजात नबोक्ने, तिव्र गतिमा सवारी चलाउने जस्ता गल्ति गर्ने सवारी साधन कारबाहीमा पर्ने गरेको ट्राफिक प्रहरी प्रमुख केसीको भनाई छ ।
 


प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १५:२७
#राजश्व #सवारी कारवाही
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
डिग्रे मन्दिरको इतिहास र वर्तमान
डिग्रे मन्दिरको इतिहास र वर्तमान
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा  हेर्नुहाेस मेला
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा हेर्नुहाेस मेला
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
Badminton Badminton
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्