
रुकुम पश्चिमको चौरजहारीवासी चरम खानेपानी संकटबाट मुक्त भएका छन् । नगरपालिकाको चौरजहारी भ्यालीवासी वर्षौ देखि खानेपानीको चरम संकटबाट गुज्रिदै आईरहेका थिए । तर आईतबार देखि भने वर्षौ पछि घर घरमै खानेपानीको धारा पुगेको छ । विजयश्वरी–चौरजहारी सुख्खा खानेपानी आयोजना निर्माण भई आईतबार पूर्व गृहमन्त्री जनार्दन शर्माले उद्घाटन गरेसंगै १ हजार ४ सय घरमा एकै पटक खानेपानी पुगेको छ । एक घर एक धाराको अवधारणा सहित नगरका वडा नं. १, २, ३, ४ र ५ का लागि विजयश्वरी–चौरजहारी सुख्खा खानेपानी आयोजना निर्माण गरिएको छ ।
लिफ्ट प्रविधि मार्फत भेरी नदिको पानी तानेर घरघरमा वितरण गरिएको नगरपालिकाले जनाएको छ । २ सय मिटरको भर्टिकल उचाईमा रहेको मैखारामा भेरीको पानी तानेर शुद्धिकरण गरी नगरका ५ वडाका घर घरमा वितरण गरिएको छ । त्यहाँ ३ लाख लिटर क्षमताको ट्यांकी निर्माण गरिएको छ । यसका अलवा खानेपानी वितरणका लागि अन्य धेरै साना ट्यांकीहरु पनि निर्माण गरिएको छ । यसबाट अहिले तत्काल १ हजार ४ सय घरधुरी लाभान्वित भएका छन् । तर यो आयोजनाबाट २ हजार बढी घरमा पानी वितरण गर्ने लक्ष राखिएको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।
केहि नगरवासीले सुरुमा तिर्नुपर्ने शुल्कमा राजनितिक पूर्वाग्रह राख्दै असन्तुष्टि जनाईरहेको र उनिहरु धारा चाहियो भनेर आएमा सबैको घरमा सजिलै खानेपानीको धारा जडान गरिने उहाँले बताउनुभयो । ‘पैसा तिर्न नसक्ने करिब २ सय घरमा निशुल्क रुपमा खानेपानीका धारा जडान गरेका छौं, केहि व्यक्तिहरुले राजनितिक पुर्वाग्रह राखेर अड्को थापिरहेका छन्, पैसा तिर्न नसक्ने अव कोहि छैनन्, कोहि भए नगरपालिकाले निशुल्क जडान गरिदिन्छ, उहाँले भन्नुभयो ।’ २१ करोड लागतमा आयोजनाको काम सम्पन्न भएपछि आईतबार उद्घान गरिएको हो ।
यसमा २१ लाख रुपैंया समुदाय स्तरबाट लगानि भएको छ भने बाँकी लगानी संघीय खानेपानी मन्त्रालयले गरेको नगरपालिकाले जनाएको छ । अव नगरवासीले भेरी नदिको दुषित पानी पिउनुपर्ने बाध्यताको अन्त्य भएको नगरको भनाई छ । गुणस्तर मापन गरेर पिउन योग्य शुद्ध पानी वितरण भइरहेकाले नगरवासी शुद्ध खानेपानीको पहुँचमा पुगेको नगरपालिकाको दाबि छ । नगरका अनुसार यो आर्थिक वर्षमा नगरका ८० प्रतिशत घरमा धारा पुर्याउँने लक्ष राखिएको छ । जसअनुसार धमाधम काम भइरहेको बताईएको छ ।