Top Navigation
आइतबार, चैत १९, २०७९ ०२:५२:३९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, चैत १९, २०७९ ०२:५२:३९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मुसिकाेट
  • #आराेप
  • #स्वेच्छाचारी
Search Here
समाज
  • Home
  • समाज
  • शैक्षिक सुधारको लागि प्राधानाध्यापकसँग करार सम्झौता गरिने
शैक्षिक सुधारको लागि प्राधानाध्यापकसँग करार सम्झौता गरिने
जितेन्द्र बुढाथोकी
जितेन्द्र बुढाथोकी बिहीबार, भदौ ३०, २०७९

विभिन्न महत्त्वपूर्ण निर्णय पारित गर्दै सिस्ने गाउँपालिकाको ८ औँ गाउँ कार्यपालिका बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले १२ वटा निर्णय पारित गरेको छ । बैठकमा एक सय दिनको अवधिमा नयाँ जनप्रतिनिधि मार्फत सम्पादन भएका विभिन्न  महत्त्वपूर्ण कामको प्रगति समीक्षा गरिएको हो । अवको केहि दिनमा पत्रकार सम्मेलन मार्फत एक सय दिनमा सम्पन्न भएका कामको बारेमा जानकारी गराउने निर्णय समेत बैठकले गरेको छ । 

गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि प्राधानाध्यापकसँग गरिने सम्झौता पत्रको नमुना पनि बैठकले स्वीकृत गरेको गाउँपालिकाका प्रवक्ता कृष्ण खड्काले कखरालाई जानकारी दिनुभयो । कखरासँग कुराकानी गर्दै प्रवक्ता खड्काले उक्त सम्झौता पत्र आगामी बस्ने प्राधानाध्यापक बैठकमा हस्ताक्षर गराई कार्यान्वयनका लागि करार सम्झौता गर्ने निर्णय पनि भएको छ ।

यस्तै शिक्षाको पहुँच तथा गुणस्तर सुधारका लागि चालु आर्थिक वर्षमा विशेष अनुदान मार्फत प्राप्त भएको एक करोड र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा सञ्चालनको लागि संघीय सरकारबाट सशर्त अनुदान मार्फत प्राप्त ३४ लाख रुपैयाँ बजेट कार्यान्यनका लागि स्वीकृत गरिएको छ । बैठकले युवा विकास केन्द्र लागि विनियोजन गरिएको ९ लाख रुपैयाँ बजेट पनि कार्यान्वयनका लागि पारित गरेको छ ।

प्रवक्ता खड्काका अनुसार दीर्घकालीन एकिकृत फोहोर व्यवस्थापन तथा रुलिखोला ढल निकास गर्न डीपीआर तयार गरी फोहोर व्यवस्थापनलाई अघि बढाउन २० लाख रुपैयाँ खर्च गर्ने निर्णय पनि भएको छ । १ नम्बर वडाको आधारभूत स्वास्थ्य इकाइ पाखापानीलाई सञ्चालन गर्न एक जना कर्मचारी व्यवस्थापन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । रुकुमकोट बसपार्कमा प्रहरी विट स्थापनाको लागि भौतिक संरचना निर्माणमा भएको खर्च सुरक्षा व्यवस्थापन शीर्षकबाट प्रदान गर्ने निर्णय पनि कार्यपालिका बैठकबाट पारित भएको छ ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सम्झौता अनुसार काम सम्पन्न गरेका निवेदन माथी छानविन गरी भुक्तानी दिने र प्राकृतिक विपदबाट क्षति भइ पुनः निर्माण गरिएको ३ नं वडा कार्यालयको मर्मत खर्च प्रदान गर्ने निर्णय भएको छ । 

यस्तै अति विपन्न भई उपचार खर्च समेत व्यहोर्न नसकेका ५ विरामीलाई उपचार खर्च प्रदान गर्ने निर्णय बैठकले पारित गरेको छ । कार्यपालिका बैठकको निर्णय अनुसार ति विरामीले तीन देखि दश हजार रुपैयाँ उपचार खर्च पाउने भएका छन्  ।
 


प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १८:४३
#रुकुम पूर्व
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्