Kakhara सबैको खबर सम्पूर्ण खबर
साविक अर्मा गाविस स्तरीय भलिबल प्रतियाेगिता सम्पन्न 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० मा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । जनप्रिय मयुर युवा क्लव सानीभेरी १० ले साविकको अर्मा गाविस स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको थियो । जुन प्रतियोगिता साविकको वडा नम्बर ३ ले जितेको छ । 

प्रतियोगितामा साविकको अर्मा गाविस वडा नम्बर ६ द्धितिय र वडा नम्बर २ ले तृतिय स्थान हात पारेको छ । कार्तिक ८ गते देखि १२ गतेसम्म संचालन भएको प्रतियोगितामा विभिन्न ८ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको प्रथमले २५ हजार, द्धितियले २० हजार र तृतियले १५ हजार पुरस्कार पाएको आयोजकले जनाएको छ । 

आयोजकका अनुसार प्रतियोगिता संचालनका लागि सानीभेरी १० घर भई हाल अमेरिकामा रहनुभएका ऋषिराम खड्का लगायतले सहयोग गर्नुभएको थियो । त्यस्तै खेलको समन्वय बमबहादुर सेर्पाली र धिरेन्द्रकुमार विकले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update