Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा ६० प्रतिशत मत खसेको अनुमान, भोली दिउँसोसम्म सबै मतपेटिका आइपुग्ने

रुकुम पस्र्वमा पनि मतदान शान्त रुपमा सम्पन्न भएको छ । जिल्लाका सवै ठाउँमा शान्त रुपमा मतदान सम्पन्न भएको हो । सिस्ने गाउँपालिका ५ को रुक्मिणि माध्यमिक विद्यालयमा सामान्य विवादपछि केही समय मतदान रोकिए पनि अन्य ठाउँमा भने शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ ।

जिल्ला सदरमुकाम रुकुमकोटमा भोली ३ वजेसम्म सबै ठाउँको मतपेटिका आइपुग्ने जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी तेजबहादुर ओलीले जानकारी दिनुभयो । सिस्ने गाउँपालिका १ पाखापानी र पुथाउत्तरगंगा गाउँपालिका २ पेल्माको मतपेटिका आउन ढिला हुने छ । जिल्लाको अधिकांश भागको मतपेटिका भने आजै जिल्ला सदरमुकाम आइपुग्ने बताईएको छ ।

भोली सबै मतपेटिका रुकुमकोट पुगेपछि मतगणनाको काम सुरु हुने ओलीले जानकारी दिनुभयो । जिल्लामा ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update