Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्व प्रदेश क मा स्वतन्त्र उम्मेदवार पुनको अग्रता 

रुकुम पूर्वको प्रदेश सभा क मा स्वतन्त्र उम्मेदवारले अग्रता काम राखेका छन् । नेकपा माओवादी केन्द्रका तेजबहादुर ओलीले स्वतन्त्रलाई पछ्याइरहनुभएको छ । स्वतन्त्र उम्मेदवार पुनले १८ सय ९७ मत पाउनुभएको छ भने माओवादीका ओलीले १५ सय २२ मत प्राप्त गर्नुभएको छ । मतान्तर ३ सय ७५ को छ । त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार ध्रुव पुनले ३ सय ६२ मत पाउनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका पुन पनि माओवादीका नेता हुनुहुन्छ । 

प्रतिनिधि सभामा भने माओवादीले अग्रता कायम गरेको छ । ३२ सय ५२ मत गणना हुँदा माओवादीका पूर्णबहादुर घर्तीले १९ सय ७० मत पाउँनुभएको छ भने एमालेका कैलासकुमार मल्लले ६ सय ७८ मत पाउनुभएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update