Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्व प्रदेश सभा ख मा कांग्रेसका केसी विजयी 

रुकुम पूर्व प्रदेश सभा ख मा नेपाली कांग्रेसका धनबहादुर केसी विजयी हुनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका केसीले निकटतम प्रतिद्धन्दि स्वतन्त्र उम्मेदवार नरहरी खड्कालाई २ हजार ६ सय १८ मतले पराजित गर्दै विजयी हुनुभएको हो । केसीले ४ हजार ८ सय ६२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार खड्काले २ हजार २ सय ४४ मत पाउनुभयो । 

त्यस्तै नेकपा एमालेका भावना विसीले १ हजार ७ सय ८४, स्वतन्त्र उम्मेदवार केशव रावलले ८ सय ४०, राप्रपाका केशवचन्द्र समालले २ सय ६६, मंगोल नेशनल अर्गनाइजेशनका लेखन बढाले ८३ र स्वतन्त्र उम्मेदवार पूर्णजंग सिंहले ११ मत पाउनुभयो । यो संगै रुकुम पूर्वमा मत गणना सकिएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update