Top Navigation
शनिबार, माघ २१, २०७९ ११:३२:११
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:३२:११
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
राजनीति
  • Home
  • राजनीति
  • को हुन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ?
को हुन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ?
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, पुस २८, २०७९
माया बेकरी माया बेकरी
मुख्यमन्त्री शर्मा ।

रुकुमको तत्कालिन नुवाकोट गाविस वडा नम्बर ४ (हालको चौरजहारी नगरपालिका १४) मा २०२८ साल असोज १८ गते आमा यशोदा शर्मा र बुवा टिकाराम शर्माका कान्छा छोराका रुपमा जन्म भयो राजकुमार शर्माको । ६ भाइबहिनी मध्येका कान्छा राजकुमार सानैदेखि विद्रोही स्वभावका हुनुहुथ्यो । गाउँका हुने खाने र ठालुहरुले सामान्य जनतामा गर्ने अन्याय र अत्याचारले सानैदेखि उहाँलाई छुन्थ्यो । घरमा हुने राजनीतिक छलफलले समेत उहाँलाई सानैदेखि राजनीतिप्रति आकर्षित गरिरहेको थियो । २०४० सालमा छिमेकीले आफुहरुलाई दमन गर्दा आफुहरुले त्यसको प्रतिकार गरेको र सो पश्चात केही दिन फरार हुनेपरेको उहाँलाई अहिलेपनि सम्झना छ । बुझ्ने भएदेखि नै गाउँमा हुने हरेक प्रकारका दमन र विभेदका विरुद्ध आवाज उठाइहाल्ने राजकुमार आफुलाई सधैका विद्रोही भन्न रुचाउनुहुन्छ । 

२०४१ सालमा तत्कालिन मोटो मसालको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको भेला उहाँकै घरमा भयो । जाजरकोट, सल्यान र रुकुमका विद्यार्थीहरु उहाँको घरमा भेला भएका थिए । उक्त सम्मेलनका लागि पुग्नुभएको थियो विद्यार्थी संगठनका केन्द्रीय नेता यदु गौतम । उक्त भेलाले त पनि यो संगठनको सदस्य भइस है भनेको उहाँलाई सम्झना छ । त्यसपछि २०४३ सालमा जिल्ला सदरमुकाम मुसिकोटमा रहेको त्रिभुवन जनता मावि र यमूना नन्द नमूना मावि सेरिगाउँलाई समेटेर बनाइएको विद्यार्थी संगठनको खलंगा इकाई कमिटीमा उहाँ जोडिनुभयो । त्यसपछि उहाँ विद्यार्थी संगठनमा सक्रियतापूर्वक लाग्नुभयो । २०४५ सालमा विद्यार्थी संगठनको जिल्ला सदस्य हुनुभयो । 

२०४६ सालमा उहाँले मोटो मसालको सदस्यता प्राप्त गर्नुभयो । २०४७ सालदेखि पार्टीमा पूर्णकालिन हुनुभयो । त्यसपछि उहाँ पार्टीको युवा संगठनमा जोडिनुभयो । यही क्रममा शर्माले २०४८ र २०५० सालमा सैन्य तालिम समेत लिनुभयो । २०४७ सालदेखि युवा संगठनमा आवद्ध हुनुभएका शर्माले भूमिगत रुपमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । त्यतिबेला ग्रामिण वर्ग संघर्ष अन्तरगत विभिन्न विभेदका घटना विरुद्ध विद्रोह देखि सामुहिक खेती लगायतका जनसेवाका विभिन्न काममा उहाँले रुकुमको पूर्वी भाग हुकाम, मैकोट, तकसेरा लगायतका ठाउँमा समय विताउनुभयो । सोही अवधिमा उहाँले सेना उत्पादनको काममा पनि भूमिका खेल्नुभयो । यही बेला उत्पादन भएका सेना पछि २०५२ देखि सुरु भएको जनयुद्धमा सहभागि भए । मोटो मसाल, त्यसपछि एकता भएर बनेको जनमोर्चा हुँदै उहाँ माओवादीले २०५२ सालदेखि सुरु गरेको जनयुद्धमा सामेल हुनुभयो । 

यहाँको समस्यालाई हल गरेर कर्णालीलाई समृद्ध बनाउन आवश्यक छ । हिजोका ठालुहरुले पिछडिएको भनेको र पछाडि पारेको कर्णालीलाई माथि उठाउन सकिन्छ । कर्णालीबाट समृद्धिको अभियान थालनी गर्नुपर्छ ।

उहाँले पार्टीभित्र संगठकको जिम्मेवारीमा रहेर काम गर्नुभयो । त्यसक्रममा उहाँले एक दर्जन युद्धको राजनीतिक नेतृत्व समेत गर्नुभएको छ । जनयुद्ध सुरु भएपछि जनयुद्धका बारेमा गलत प्रचार गर्ने प्रयास भएको पाइएपछि पार्टीले सशस्त्र कब्जा अभियान चलायो । उहाँ त्यसको सदस्य हुनुभयो र गाउँ गाउँमा गएर जनयुद्ध र यसको उदे्श्यका बारेमा बुझाउने काम गर्नुभयो । पछि यो अभियानलाई पार्टी केन्द्रले पनि ग्रहण गर्यो । 

२०५४ सालमा भने उहाँको कर्णाली उपक्षेत्रिय व्युरोमा सरुवा भयो । त्यसपछि उहाँले साविकको कर्णाली अञ्चलका विभिन्न जिल्लामा विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । उहाँले जुम्ला, कालिकोट, मुगु र बाजुराका विभिन्न भागलाई जोडेर बनाइएको जिल्लाको सेक्रेटरी र इन्चार्ज भएर २०५४ देखि २०५८ सम्म काम गर्नुभयो । २०५८ देखि २०६१ सम्म भने उहाँले हुम्ला, मुगु र बाजुराको सेक्रेटरी तथा इन्चार्ज भएर काम गर्नुभयो । २०५७ तिर उहाँले भेरी कर्णाली क्षेत्रिय व्यरोमा पनि काम गर्नुभयो । २०६१ तिर दैलेखमा प्रतियुद्धको अवस्था देखिएपछि पार्टीले त्यहाँ खटायो र सेक्रेटरी र इच्चार्ज भएर काम गर्नुभयो । शान्ति प्रक्रियापछि २०६३ देखि ०६६ सम्म उहाँले थारुवान राज्यको प्रचार विभाग प्रमुख भएर काम गर्नुभयो भने २०६७ देखि २०७४ सम्म नेवा राज्यमा काम गर्नुभयो । २०६८ मा उहाँ पार्टीको केन्द्रीय सदस्य बन्नुभयो भने २०७४ मा उहाँ माओवादीको पोलिटव्युरो सदस्य हुनुभयो । २०७१ तिर उहाँले पार्टी केन्द्रीय प्रचार विभागमा रहेर काम पनि गर्नुभयो भने कर्मचारी महासंघको केन्द्रीय सह इन्चार्जको भुमिका निर्वाह गरेको अनुभव समेत उहाँसंग छ ।

२०७४ मा भने उहाँ जिल्ला फिर्ता हुनुभयो । २०७४ को स्थानीय तहबाट चौरजहारी नगरपालिका १४ को वडा सदस्यमा निर्वाचित हुनुभएका शर्मा ५ वर्ष जिल्ला समन्वय समितिको प्रमुख हुनुभयो । यो विचमा २०७५ देखि उहाँले पार्टीको रुकुम पश्चिमको इन्चार्ज र २०७८ सालमा कर्णाली प्रदेश अध्यक्ष भएर काम गर्नुभयो । २०७५ मा उहाँ नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको पनि केन्द्रीय सदस्य हुनुभयो हाल उहाँ नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुनुहुन्छ । 

मुसिकाेट नगरपालिका

उहाँ गत मंसिर ४ गते भएको निर्वाचनबाट रुकुम पश्चिम प्रदेश सभा २ बाट फराकिलो मतान्तरले विजयी हुनेभयो । उनै शर्मा बुधबार कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादीको समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । 

समृद्ध कर्णालीको अभियान थालनी हुन्छ 
सिंगो कर्णाली ऐतिहासिक सम्पदा हो । कर्णाली नेपाली भाषाको उत्पत्ति स्थल हो । कला संस्कृति र व्यापार व्यवशायका लागि पुरानो विरासत बोकेको ठाउँ हो । श्रम, प्रकृति, भूगोल, पर्यटन, जल जमिन लगायतमा प्रचुर सम्भावना बोकेको र धनी क्षेत्र हो कर्णाली । म कर्णालीका लगभग सबै भूगोलमा पुगेको छु । यहाँका समस्या र सम्भावनाका बारेमा राम्ररी जानकार छु । यहाँको समस्यालाई हल गरेर कर्णालीलाई समृद्ध बनाउन आवश्यक छ । हिजोका ठालुहरुले पिछडिएको भनेको र पछाडि पारेको कर्णालीलाई माथि उठाउन सकिन्छ । कर्णालीबाट समृद्धिको अभियान थालनी गर्नुपर्छ ।

नवनियक्त मुख्यमन्त्री राजकुमार शर्मासंग गरिएको कुराकानीमा आधारित ।  
 


प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १८:१३
चाैरजहारी चाैरजहारी
#राजकुमार शर्मा #मुख्यमन्त्री
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्