Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 

रूकुम पूर्वकाे भूमे गाउँपालिकाका कृषकलाई विभिन्न फलफूलका बिरुवाहरु वितरण गरिएको छ ।गाउँपालिकाको चालु आर्थिक बर्ष २०७९/०८० को कार्यक्रम अन्तर्गत कृषि शाखाले कृषकहरूलाई किवी,  कागती, बदाम, हलुवावेत। स्याउ, दाँते ओखर लगायतक बिरूवा वितरण गरेको हो ।

छनोट भएका १ देखी ९ वटै वडाका कृषकलाई यी विरुवा वितरण गरिएको कृषि शाखाका शिखर विश्वकर्माले जानकारी दिनुभयाे । अहिले विरुवा रोप्ने उपयुक्त समय भएकाेले कृषकहरूलाई बिरुवा वितरण गरिएकाे उहाँले बताउनुभयाे ।

प्रति कृषक कागती, बदाम, हलुवावेतका ६६ वटा र  स्याउ, दाँते ओखर, केवीका १ सय ८० वटाका दरले विरुवा वितरण गरिएको हाे । विश्वकर्माले बिरुवा कसरी लगाउने, कुन समयमा गोड्मेल  र हेरचाह गर्ने भन्ने लगायतका विषयमा जानकारी समेत गराइएकाे छ । बिरूवा पाएपछि कृषक खुसी भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update