Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा विश्व स्तनपान सप्ताह विविध कार्यक्रमसहित मनाइदै 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले विश्व स्तनपान सप्ताह २०८३ को अवसरमा विभिन्न वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । १६ गते भोलीदेखि २२ गतेस “दिगो जीवनको स्वस्थ सुरुआत : प्रभावकारी स्तनपानका लागि सबैको साथ” भन्ने मूल नारासहित विश्व स्तनपान सप्ताह मनाउन लागेको हो । कार्यक्रमअन्तर्गत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य आमा समूहका सदस्यहरूको सहभागितामा स्तनपानको महत्वबारे सचेतना फैलाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन १६ गते भोली वडा नम्बर १३ को आधारभूत स्वास्थ्य सेवा केन्द्र, १८ गते वडा नम्बर ७ को प्राथमिक स्वास्थ्य सेवा केन्द्र, २० गते वडा नम्बर २ को आधारभूत स्वास्थ्य सेवा केन्द्र र २२ गते चौरजहारी नगरपालिकाको कार्यालयमा कार्यक्रम सञ्चालन हुनेछ । सबै कार्यक्रम बिहान १० बजे सुरु हुने ढकालले जानकारी दिनुभयो ।

नगरपालिकाले सम्बन्धित सबै सरोकारवाला तथा स्थानीयवासीलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह समेत गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update