Kakhara सबैको खबर सम्पूर्ण खबर
मुख्यमन्त्रीकाे कुर्सीमा वस्दा सकुम्वासी वस्तीमा वसेजस्ताे महशुस भएकाे छः मुख्यमन्त्री शर्मा 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफु मुख्यमन्त्रीको कुर्सीमा वसिरहँदा सुकमवासी वस्तीमा रहेको महसुस हुने गरेको बताउनुभएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आयोजना गरेको सानीभेरी–मौराखारा राष्ट्रिय गुरिल्ला म्याराथन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले मुख्यमन्त्रीको कुर्सीमा वस्दा र वरिपरीको अवस्थालाई हेर्दा आफु सुकुम्वासी वस्ती रहेको महशुस हुने गरेको बताउनुभयो । 

यसबारेमा आफुले प्रधानमन्त्री समक्ष कुरा राखेको समेत उहाँले बताउनुभयो । ‘राजनीतिक संघीयता त हामीले हाँसिल गर्यौं, वित्तीय र प्रशासनीक संघीयताका हिसावले अथवा संघीयताको मर्मानुसारको, भावना अनुसारको व्यवहार लागु गर्ने सन्दर्भमा सुकुम्वासीको जस्तो महशुस भएको छ, भनेर प्रधानमन्त्रीलाई पनि भनेको छु उहाँले भन्नुभयो ।’ सबैखाले चुनातीको रासमा बसेर सम्भावनाहरु खोजिरहेको उहाँको भनाई छ । 

त्यस्तै उहाँले समाजवादका विषयमा दलहरुले छलफल चलाउन आवश्यक रहेको बताउनुभयो । संविधानमा समाजवाद उन्मुख भनेर लिपिवद्ध गरिसकेको अवस्थामा अव समाजवादमा कसरी पुग्ने भनेर सबै दलहरु एक ठाउँमा उभिएर प्रयाप्त छलफल आवश्यक रहेको उहाँको भनाई छ । 

उहाँले भन्नुभयो–‘समाजवाद कुन चरीको नाम हो भन्ने जस्तो भएको छ, कांग्रेसले पनि समाजवाद भनेको छ, एमालेले पनि भनेको छ, माओवादीले त्यही भन्छ, समाजवादीको कुरा पनि त्यही छ, तर के हो त समाजवाद ? अव बटमलाइन बनाउनुपर्छ, कुन बाटो हिडे समाजवादमा पुग्न सकिन्छ भनेर छलफल हुनुपर्छ ।’ 

यसका साथै मुख्यमन्त्री शर्माले जनयुद्ध सामन्तवादका विरुद्ध भएको स्पस्ट पार्नुभयो । ‘जनयुद्ध राजतन्त्र, एकात्मक शासन र तत्कालिन शासकका विरुद्ध थियो समग्रमा भन्दा सामन्तवादका विरुद्धमा थियो उहाँले भन्नुभयो–जनयुद्ध गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, लोकतन्त्र र अझ भन्दा जनताको शासनको पक्षमा थियो ।’

‘जनताको शासनको पक्षमा आवाज उठाउदा भुलवस कांग्रेस एमालेका साथीहरु तगारो बन्नुभयो उहाँले थप्नुभयो–त्यसलाई प्रतिकार गर्दा उहाँहरुका विरुद्धमा जस्तो पनि पर्न गयो तर त्यस्तो थिएन् ।’ पछिल्ला दिनहरुमा भने बुझाइमा एकरुपता आउँदै गएको, व्यवहार सच्चिदै गएको र विगतलाई समिक्षा गर्दै अगाडी बढ्ने अवस्था सृजना भएको उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update