Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पू हाइड्रोको परीक्षण उत्पादन सुरु 

रुकुम पश्चिमको बाँफिकोटमा बनेको स्यार्पू हाइड्रोको परीक्षण उत्पादन सुरु भएको छ । ३.३ मेगावाट क्षमताको आयोजनाको परीक्षण सुरु भएको हो । आयोजना निर्माण सम्पन्न भई उत्पादन सुरु भएपछि शुक्रबारबाट आयोजनाको परीक्षण सुरु भएको स्यार्पू पावर कम्पनीका अध्यक्ष धनवीर ओलीले जानकारी दिनुभयो । 

तोकिए अनुसार विद्युत उत्पादन भइरहेको छ कि छैन्, उत्पादनमा कुनै त्रुटी छ कि छैन्, धैरैनी चौर सव स्टेशनसम्म प्रसारण लाइन सहि छ कि छैनन भन्ने लगायतको परीक्षण भइरहेको उहाँको भनाई छ । नेपाल विद्युत प्राधिकरणको सम्झौता अनुसार १५ दिन परीक्षणको परीक्षण सफल भएमा नियमित उत्पादन र प्रशारण सुरु हुने बताइएको छ । 

यो विचमा कुनै सुधार गर्नुपर्ने देखिएमा त्यसमा सुधार गरिने छ । प्राधिकरणको अनुमति पश्चात व्यावसायिक उत्पादन सुरु हुने छ भने उक्त विद्युत् विद्युत प्राधिरणले खरिद सुरु गर्ने छ । कम्पनी र प्रधाधिरण विचमा वार्षिक १ करोड ८१ लाख युनिट विद्युत बिक्री गर्ने गरी सम्झौता भएको छ । 

यसबाट कम्पनीले वार्षिक १० करोडको आम्दानीको प्रक्षेपण गरेको छ । करिब ६० करोड बढी लगानीमा आयोजनाको निर्माण सम्पन्न भएको हो । यसमा सरकारको ५५ प्रतिशत र नागरिकको ४५ लगानी रहने छ । यसमा जिल्लाका ६ वटै पालिकाहरुको लगानी छ । भने नागरिकको लगानी भने आइपिओ मार्फत सुनिश्चित हुने अध्यक्ष ओलीले बताउनुभयो । 

नियमित उत्पादन सुरु भएपछि आइपिओ निष्काषणको प्रक्रिया छालिने बताइएको छ । यो आयोजना २०७५ भाद्रमा दर्ता भएको थियो भने लगत्तै निर्माणको काम सुरु भएको थियो । आयोजनाको २०८० मंसिर २५ गते तत्कालीन प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माले शिलान्यास गर्नुभएको थियो । 

सुरुमा यस आयोजना सुरु गर्न कोरोना महामारीले समस्या बनाएको थियो भने पछि लगानी जुट्न समय लागेका कारण ढिलाई भएको थियो । विभिन्न कारणले निर्धारित समयमा काम सम्पन्न नभएपनि धेरै ढिलाई भने नभएको कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update