Kakhara सबैको खबर सम्पूर्ण खबर
ब्राउन सुगर सहित मुसिकाेटका एक युवक पक्राउ 

रुकुम पश्चिम प्रहरीले ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ९ घोर्नेटी निवासी २४ वर्षीय दीपेन्द्र डाँगीलाई ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाको सानीभेरी गाउँपालिका ८ स्थित मध्य पहाडी लोक मार्गमा शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा खानतलासी गर्दा पाइन्टको गोजीमा कालो प्लास्टिकमा लुकाइ राखिएको १ सय ८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको उहाँले बताउनुभयो । 

डाँगीलाई बिहीबार पक्राउ गरिएको हो । जिल्ला अदालतबाट म्याद थप अनुमति लिई घटनाको थप अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक परियारले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update