रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेका विनय रावल साइन्स पढ्न काठमाडौं हानिए । साइन्सबाट प्लस टु सकाए पनि । तर त्यसपछि उनको मन पढाइमा अडिएन । शान्त स्वभाव र प्रकृतिमा रमाउन चाहने विनयलाई फोटोग्राफिको भूत चढ्यो । एउटा क्यामेरा किने र लागे फोटो खिच्न । पढ्दै गरेको छोरो क्यामेरा भिरेर हिड्न थालेपछि परिवारका सदस्यले चिन्ता गर्न थाले । तर विनय फोटोग्राफिबाट बाहिर निस्कनै चाहेनन् ।
सुरुमा विवाह पुजा पाठ तथा मान्छेको फोटो खिच्दै हिडेका विनयको पाइला एकाएक जंगलतिर मोडियो । प्रकृति र आफ्नो कुनै कनेक्शन रहेकोले नै आफु जंगलतिर हानिएको उनलाई लाग्छ । त्यसपछि सुरु भयो उनको वाइल्ड लाइफ फोटोग्राफि अर्थात जंगली जनावरको फोटो खिच्ने काम । काम गर्दै गए सिक्दै गए । उनि आफ्नो फोटोग्राफिको पाठशाला आफ्नै काम, भोगाइ, संघर्ष र लगनलाई मान्छन् । चितवनलाई कर्मथलो बनाएर काम गरिरहेका विनयको पछिल्लो गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज हो ।
उनले खिचेका फोटोले वाइल्ड लाइफ फोटोग्राफि शिर्षकमा राष्ट्रिय अवार्ड समेत जितिसकेका छन् । अझै संघर्षका धेरै पाइलाहरु चाल्न बाँकी रहेको बताउने विनय सुरुवातको दिनलाई सम्झिदा आँफु अहिले एउटा मुकाममा पुग्न सकेको जस्तो लाग्छ । अहिले युवा माझ परिचित र वाइल्ड लाइफ फोटोग्राफिमा जम्दै गरेको एउटा तन्नेरी विनय रावलसंग आज हामी अन्तरंग गर्दै छौं ।