प्रतियोगिता
बबईमा दोस्रो स्मृति खुला पुरुष भलिबल प्रतियोगिता हुँदै
दाङको बबई गाउँपालिका–५ बरपुरमा दोस्रो स्मृति खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पुरन्धारा झरना युवा क्लब, बबई–५ बरपुरको आयोजनामा प्रतियोगिता यही असोज २६ देखि २८ गतेसम्म बरपुर खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितामा विजेता समुहले ५५ हजार ५ सय ५५ को साथमा प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष प्रकाश केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपविजेता हुने समुहले २७ हजार ७ सय ७७ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क ५ हजार ५ सय तोकिएको छ । आयोजकले इच्छुक समुह तथा खेलाडीलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३ ०६:१५
प्रतिक्रिया दिनुहोस्





