Kakhara सबैको खबर सम्पूर्ण खबर
पाँचौँ निशाना कप कार्तिक १० बाट हुने 
फाइल फाेटाे ।

पाँचौँ निशाना कप विविध कार्यक्रम कार्तिक १० गतेबाट हुनेभएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा कार्तिक १० गतेबाट १४ गतेसम्म पुरुष तथा महिला भलिबल सहित विविध कार्यक्रम हुने भएका हुन् ।

पुरुष भलिबलको विजेताले नगद ८० हजार र उपविजेताले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने कार्यक्रम व्यवस्थापक यमन बाँठाले जानकारी दिनुभयो । त्यस्तै सान्त्वना २ टिमले समान २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । 

पुरुष भलिबलमा दर्ता शुल्क ६ हजार तोकिएको छ । त्यस्तै महिला भलिबलको विजेताले ५० हजार र उप विजेताले २५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा सान्त्वना २ टिमले समान १० हजार नगद पुरस्कार पाउने व्यवस्थापक बाँठाले जानकारी गराउनुभयो ।

महिला भलिबलमा दर्ता शुल्क ४ हजार तोकिएको छ । हाजिर जवाफ प्रतियोगिता पनि आयोजना गरिएको छ । व्यवस्थापक बाँठाका अनुसार प्रथमले १२ हजार, द्वितीयले ६ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने तृतीय हुने टोलीले ४ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्ने छ ।   

कार्यक्रम अन्तर्गत निशाना नृत्य आइडल सिजन ५ समेत आयोजना गरिएको आयोजक निशाना युवा क्लबका अध्यक्ष लोकबहादुर बाँठाले जानकारी गराउनुभयो । उहाँका अनुसार प्रथमले १० हजार र द्वितीयले ५ हजार सहित मेडल र प्रमाण प्राप्त गर्ने छन् भने तृतीयले २ हजार ५ सय नगद र प्रमाण पत्र प्राप्त गर्ने छन् । 

विगतमा जस्तै यसपालिको दसैँ तिहारको अवसरमा साथीभाइ आफन्तजनहरूको जमघटको अवसर पारेर हुन गइरहेको विविध खेलकुद प्रतियोगितामा सहभागिताको लागी सम्पूर्ण खेलाडी तथा खेल प्रेमीहरूलाई आयोजकले निमन्त्रणा गरेको छ ।

Nishana-Cup-1790854940.PNG
 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update