Top Navigation
सोमबार, चैत ६, २०७९ ११:४६:२८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
सोमबार, चैत ६, २०७९ ११:४६:२९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचनको विषयलाई लिएर पार्टी इन्चार्ज ओली माथि केशव रावलको गम्भिर आरोप !
निर्वाचनको विषयलाई लिएर पार्टी इन्चार्ज ओली माथि केशव रावलको गम्भिर आरोप ! ‘पैसाकाे बार्गेनिङका लागि उम्मेदवारी दिन लगाए’
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, फागुन ३, २०७९

गत मंसिर ४ को निर्वाचनमा प्रदेश सभा तर्फका उम्मेदवार केशव रावलले नेकपा माओवादी केन्द्र रुकुम पूर्वका इन्चार्ज तेजबहादुर ओली प्रतिकको निर्देशनमा आफुले उम्मेदवारी दिएको खुलासा गर्नुभएको छ । पार्टी प्रदेश समितिलाई पत्र लेख्दै उहाँले आफ्नो व्यक्तिगत चाहनाले नभई पार्टी इन्चार्ज प्रतिकको निर्देशनमा रुकुम पूर्व प्रदेश सभा २ बाट उम्मेदवारी दिएको खलासा गर्नुभएको हो । 

पार्टी केन्द्रको निर्णय विपरित गएर आफुले उम्मेदवारी नदिने सोँच बनाएको भएपनि इन्चार्जको निर्देशनमा उम्मेवारी दिएको र पछि उहाँले नै उम्मेदवारी फिर्ता लिन भनेपनि आफुले फिर्ता नलिएको उहाँको भनाई छ । ‘पार्टी इन्चार्जले कांग्रेसका उम्मेदवारसंग वार्गेनिङका लागि सुरुमा उम्मेदवारी दिन लगाउनुभएको रैछ सहमति अनुसार अन्तत् मलाई उम्मेदवारी फिर्ता लिन भन्नुभएको रैछ मैले यो कुरा बुझेँ र उम्मेदवारी फिर्ता लिएन, उहाँले भन्नुभएको छ ।’

उम्मेदवारी फिर्ताका लागि आँफुलाई पनि ५० औं लाखको आर्थिक लोभ देखाइएको उहाँले पत्रमा लेख्नुभएको छ । ‘उहाँले भन्नुभएको छ–मैले मेरो इमानलाई पैसासंग साट्न नहुने र उम्मेदवारी फिर्ता लिँदा पैसा लेनदेन गरी फिर्ता लिएको भ्रम पैदा हुने तथा पार्टी र स्वयं मेरो राजनीतिक जीवनमा धक्का लाग्ने अवस्था आउथ्यो त्यसैले उम्मेदवारी फिर्ता लिनु अनुचित हुने मेरो ठहर र जिल्ला कै केन्द्रीय नेताहरुको सल्लाह वमोजिम मैले मेरो उम्मेदवारी कायम राखेँ ।’ 

अर्को उम्मेदवारसंग आर्थिक डिल गरेर उम्मेदवारी फिर्ता गर भन्ने इन्चार्ज प्रतिकको धारणा के हो ? भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ । बागी अन्य उम्मेदवारलाई सहयोग गर्ने पार्टीका जिम्मेवार केही व्यक्तिलाई किन कारवाही नगरेको भन्ने प्रश्न पनि उहाँले गर्नुभएको छ । यसबारेमा आफुसंग प्रमाण रहेको र पार्टीले माग गरेमा सम्बन्धित निकायमा पेश गर्ने रावलले बताउनुभएको छ ।  

यि सवै तथ्य र आधारबाट हेर्दा म कार्बाहीमा रहनुपर्ने होईन भन्ने मेरो दावी छ, यद्धपि म पार्टीको जति लामो जति कडा कार्वाही भोग्न सहन तयार छु उहाँले भन्नुभएको छ–तर, मैले कार्बाही भोग्नुपर्दा मलाई उम्मेदवारी दिन निर्देशन गर्ने इन्चार्जलाई समेत कार्वाही हुनुपर्ने होईन र ? मैले त पार्टी इन्चार्जको निर्देशनको पालना गरेर उम्मेदवारी दिएको हुँ, त्यसैले मलाई सहयोग गर्दा कार्वाहीमा परेका सवै कमरेडहरुको कार्वाही खारेजी तथा फिर्ताको लागि अनुरोध गर्दछु ।’

रावलले पार्टी इन्चार्ज ओली माथि गम्भिर आरोपहरु पनि लगाउनुभएको छ । इन्चार्ज ओली आत्मकेन्द्रित व्यक्तिवादी भएको आफु बाहेक अन्यले टिकट पाउनुहुन्न र म मन्त्री हुने हो त्यसैले मैले टिकट पाउनुपर्छ भनेको, पार्टी भित्रकै नेता कार्यकर्ताहरुलाई हप्की धप्कीले ठिक गर्न खोज्ने र हप्की धप्की नचल्दा अनेक जाल बुन्ने र जालमा पार्न खोज्ने व्यक्ति भएको रावलको दाबी छ । 

इन्चार्ज ओलीले प्रदेश सभा सदस्य हुँदा आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने हरेक जसो योजना÷वजेटवाट १० प्रतिशत वा सो भन्दा माथि कमिसन खुलम खुल्ला मागेको, साँस्कृतिक रुपमा समेत विचलित रहेको र उहाँकै कारण उहाँ सहित पार्टीले समेत हारेको, पार्टी भित्र द्धन्द सिर्जना भएको रावलले आरोप लगाउनुभएको छ । यसको छानविनका लागि उहाँले पार्टीलाई आग्रह गर्नुभएको छ ।

रावलले पार्टीलाई लेखेको पत्र:

महाेत्सव

331059103_1216437498962732_2489007856889205659_n1676460407.jpg

331066279_1404093050326702_3624278977663750068_n1676460407.jpg


 


प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्