Top Navigation
मंगलबार, चैत ७, २०७९ ०१:१९:५९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ ०१:१९:५९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • रुकुमकोटमा आयोजित भलिबलको उपाधि हाेटल लेक सिटीलाई 
रुकुमकोटमा आयोजित भलिबलको उपाधि हाेटल लेक सिटीलाई  ब्याडमिन्टनमा प्रकाश र भानुकाे जाेडी प्रथम ।
बलबहादुर खत्री
बलबहादुर खत्री मंगलबार, फागुन ९, २०७९

रुकुम पूर्वको रुकुमकोटमा आयोजित भलिबलको उपाधि होटल लेक सिटीले जितेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ को आर्थिक सहयोग तथा संयुक्त रुकुमकोट खेलकुद समिति रुकुम पूर्वको आयोजनामा छिप्रिदहमा संचालित खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा बागलुङको निसिखाेलालाई पराजित गर्दै रुकुमकोटको होटल लेक सिटीले उपाधि जितेको हो ।

लेक सिटी ३–० ले विजयी भयो । लेक सिटीले नगद १ लाख २५ हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता निसिखोला बागलुङले नगद ८० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र हात पारेको छ । तेस्रो भएको रुकुमेली पशुपंक्षी फर्मले नगद ४० हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र पाउँदा शान्त्वना भएको पुथाउत्तरगंगा गाउँपालिका ८ चारगाउँले नगद २० हजारको रुपैयाँ, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा रुकुम, रोल्पा र बागलुङका गरी १४ टिमले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । 

यस्तै पुरुष डबल व्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको थियो । ब्याडमिन्टनमा प्रकाश बुढा मगर र भानु सुनारको जोडी पहिलो भएको छ । फाइनलमा डम्मर थापा र इश्वर रावलको जोडीलाई पराजित गर्दै प्रकाश र भानुको जोडी पहिलो भएको हो ।  प्रथम हुने जोडीले नगद २० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ  ।

दोस्रो भएको डम्मर र इश्वरको जोडीले नगद १५ हजार, मेडल र प्रमाणपत्र पाउँदा सेमिफाइनल पुगेको   सोहेल क्षेष्ठ र मदन बिसी तथा महेन्द्र पुन र कबिन्द्र पुनको जोडीले समान  ५/५ हजार, मेडल र प्रमाण–पत्र हात पारेको खेलकुद विकास समितिका अध्यक्ष रोशन मल्लले जानकारी दिनुभयो ।
 


प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्