Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:०५:२३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:०५:२३
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
समाज
  • Home
  • समाज
  • रुकुम पूर्व लुम्बिनी प्रदेशको पहिलो प्राथमिकतामा रहेको छः सभामुख घर्ती मगर 
रुकुम पूर्व लुम्बिनी प्रदेशको पहिलो प्राथमिकतामा रहेको छः सभामुख घर्ती मगर 
बलबहादुर खत्री
बलबहादुर खत्री बुधबार, फागुन १०, २०७९
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले रुकुमपूर्वको सिस्ने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै । तस्बिरः कखरा । 

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेशकै विकास निर्माणले पछि रहेको रुकुमपूर्वको विकासका निम्ति प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । मङ्गलबार सिस्ने गाउँपालिका स्तरीय चौँथो राष्ट्रपति रनिङ शिल्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्ती मगरले यस्तो बताउनु भएको हो । 


नयाँ जिल्ला भएकाले धेरै काम अझै सुरु गर्नु पर्ने अवस्थामा रहेकोले समग्र शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार यातायात, पर्यटन लगायत सर्वागिङ्ण विकासमा लुम्बिनी प्रदेशको ध्यान रहेको सभामुख घर्ती मगरले बताउनुभयो । अहिलेको अवस्थामा विकास निर्माणको हिसाबले विकट रहेता पनि जिल्लाबासीको जीवनस्तर उकास्नमा ठूलो सम्भावना रहेको सभामुख घर्ती मगरले बताउनुभयो । 


विकासका आधार तयार गर्न सकिएमा प्रदेशकै नमुना जिल्लाको रूपमा विकास हुने बताउनभयोे । किनभने कला, संस्कार, संस्कृति, प्रशस्त मात्राका तालतलैया, हिमाल, कृषिमा अर्गानिक उत्पादन यी क्षेत्रको विकासका लागि सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिराखेको उहाँले बताउनुभयो । यस क्षेत्रमा विकासले फट्को मार्न सकेमा प्रदेशकै विकसित जिल्लाको रूपमा अग्रसर हुने बताउनुभयो । 

यसैगरी खेलकुद पनि देशको एउटा अंङ्ग भएको बताउनु भएको छ । राष्ट्रको चिनारी खेल जगत भएको हुँदा नयाँ खेलाडि उत्पादन तथा व्यवस्थापन गर्न सरकारले ध्यान दिनु पर्ने बताउनुभयो । खेलाडि र खेलको चौतरफी विकासको लागि तीन तहका सरकारले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । भौगोलिक विकटता कारण जिल्लामा मापदण्ड अनुसारको खेल मैदान निर्माण हुन नसक्दा खेलाडि उत्पादन गर्न चुनौती रहेको सभामुख घर्ती मगरले बताउनुभयो । खेल क्षेत्रको विकासका निम्ति आफ्नो तर्फबाट पहल कदमी लिइराख्ने घर्ती मगरको भनाइ रहेको छ । 


मङ््गलबार देखि सिस्ने–५ मा रहेको रुक्मिणी माविको प्राङ्गणमा शिल्डको विविध विधाका खेल चलिरहेको छ । गाउँपालिकाका नौ सामुदायिक र एक निजी गरी १० मावि बीच शिल्डमा प्रतिस्पर्धा भइरहेको गाउँपालिका शिक्षा शाखाका प्रमुख मङ्गलसिंह बुढाले बताउनुभयो । 

महाेत्सव

 

सिस्ने गाउँपालिकाका अध्यक्ष कृृष्ण रेग्मीको अध्यक्षतामा शिल्ड उद्घाटन गरिएको हो । प्रमुख अतिथिमा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर, विशेष अतिथिमा लुम्बिनी प्रदेश सभाका सदस्यहरू सुरुल पुन मगर, दिलकुमारी बुढा मगर, सरिता पुन मगर, जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको रहेकोमा विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन शिक्षक हरिबहादुर थापाले गर्नु भएको थियो ।  
 


प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्