Top Navigation
मंगलबार, चैत ७, २०७९ ०१:२०:५८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ ०१:२०:५८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले ५ वर्ष यही समीकरण चलोस भन्ने पक्षमा छः योगेश भट्टराई 
एमाले ५ वर्ष यही समीकरण चलोस भन्ने पक्षमा छः योगेश भट्टराई  राष्ट्रपति नपाए एमाले सरकारमा वस्दैन ।
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, फागुन ११, २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराइले नेकपा एमाले अहिलेको सत्ता समीकरण ५ वर्षसम्म टिकोस भन्ने पक्षमा रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एमाले पुष १० बाट बनेको सत्ता समीकरण ५ वर्षसम्म चलोस र देशले स्थायीत्व पाओस भन्ने पक्षमा रहेको बताउनुभएको हो  । 

छिटो छिटो सत्ता समीकरण फेरिँदा अन्तराष्ट्रिय रुपमा देशको छवि समेत राम्रो नहुने भएकोले कम्तिमा ५ वर्षसम्म यो समीकरण चलोस भन्नेमा एमाले दृढ रहेको र यसका लागि अधिकतम प्रयास गरिरहेको उहाँले स्पस्ट पार्नुभयो । यसैविच उहाँले गत पुष १० को सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । उक्त सहमति अनुसार नभए एमाले सरकारमा नबस्ने उहाँले बताउनुभयो । 

सहमति पालना हुन्छ भन्नेमा एमाले विश्वस्त रहेको र यदी नहुने अवस्था भयो भने सरकारमा नबस्ने बताउनुभएको हो । पुष १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको उहाँले दाबी गर्नुभयो । सोही सहमति अनुसार सत्ता समीकरण भित्रबाट राष्ट्रपतिमा एमालेको साझा उम्मेदवार हुनुपर्ने उहाँको भनाई छ । 

‘तत्कालिन गठबन्धन भत्किएर नयाँ समिकरण बन्दा पुष १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो, उहाँले भन्नुभयो सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ, अहिलेपनि सहमति अनुसार नै सत्ता समीकरण चलिरहेको छ, एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ ।’

यदी सहमति विपरित हुने अवस्था आएमा एमाले सरकारमा नरहने उहाँले स्पस्ट पार्नुभयो । ‘एमालेले दुई वटा डुंगामा खुट्टा हाल्दैन, १० गतेको सहमति कार्यान्वन भयो भने हामी सरकारमा रहन्छौं, १० गतेको सहमति कार्यान्वयन भएन भने हामी कसरी सरकारमा रहन्छौं ?’ उनले उल्टै प्रश्न गरे ।

महाेत्सव

साथै उहाँले एमालेपनि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउनुभएको छ । एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै उहाँले त्यसो नभए कांग्रेसले छुट्टै आफ्नो उम्मेदवार उठाउन सक्ने तर सत्ता गठबन्धनबाट एमालेको उम्मेदवार हुनुपर्ने उहाँको भनाई छ ।


प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्