Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्व प्रदेश सभा १ बाट निर्वाचित स्वतन्त्र सांसद पुनले रोजे माओवादी केन्द्र 
माओवादी केन्द्र रोजेको जानकारी सहितको पत्र संसदीय दलको नेतालाई बुझाउँदै सांसद सुरुल पुन बायाँ ।

रुकुम पूर्व प्रदेश सभा १ बाट निर्वाचित लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद सुरुल पुनले नेकपा माओवादी केन्द्र रोज्नु भएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय लुम्बिनीलाई उहाँले आफुले माओवादी केन्द्रलाई रोजेको जानकारी गराउनुभएको छ । 

आफुले माओवादी केन्द्रबाट विद्रोह गरेर उम्मेदवारी दिएको र स्वतन्त्रको हैसियतमा निर्वाचित भएको जानकारी गराउँदै पुनले आफुले अव नेकपा माओवादी केन्द्रलाई रोजेको जानकारी गराउनुभएको हो । उक्त जानकारी सहितको पत्र उहाँले पार्टीको प्रदेश संसदीय दललाई बुझाइसक्नुभएको छ । 

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य समेत रहेको अवस्थामा उहाँले टिकट वितरणमा अन्याय भएको भन्दै पार्टीबाट विद्रोह गर्दै आफ्नै पार्टी सहितको गठबन्धनका विरुद्ध उम्मेदवारी दिनुभएको थियो । त्यसपछि उहाँ सहित विभिन्न नेताहरुलाई पार्टीले कारबाही गरेको थियो । 

पुनले मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्र रुकुम पूर्वका जिल्ला इन्चार्ज समेत रहनुभएका तेजबहादुर ओलीलाई पराजित गर्नुभएको थियो । पुन हालसम्म स्वतन्त्र सांसदको हैसियतमा रहनुभएको थियो । उहाँले माओवादी राेजेसंगै लुम्बिनीमा माओवादीको एक सिट थपिएर सिट संख्या १० पुगेको छ ।

336897756_2304667259735975_1094218368933632177_n1679454939.jpg

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update