Top Navigation
आइतबार, असोज ७, २०८० ०४:४५:४८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:४५:४८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #पितिवाङ खेला
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • भलखाेलामा विविध खेलकुद प्रतियाेगिता सुरु
भलखाेलामा विविध खेलकुद प्रतियाेगिता सुरु
बलबहादुर खत्री
बलबहादुर खत्री सोमबार, चैत १३, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ भलखाेलामा विविध खेलकुद प्रतियोगिता उद्घाटन  भएको छ । आइतबार एक कार्यक्रमबम बिच खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हो । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । हरेक वर्ष चैते दशैंको अवसरमा वडा नम्बर १ काे भलखोलामा मेला लाग्ने गर्दछ । उक्त मेलाको अवसरमा यो वर्ष पनि विविध  खेलकुद प्रतियोगिता आयोजना गरिएको हो ।  

मेलाको अवसरमा वडा स्तरीय महिला, पुरुष भलिबल तथा रस्साकस्सी लोक दोहोरी, एकल नृत्य, घैंटो फोर, भाले तान्ने लगायतका प्रतियोगिता आयोजना गरिएको खेलकुद समितिका अध्यक्ष प्रताप मल्लले जानकारी दिनुभयो । पुरुष भलिबल तर्फ प्रथम हुने टिमले ५५ हजार पाँच सय ५५ रुपैयाँ, द्वितिय हुने टिमले ३३ हजार तीन सय ३३ रुपैयाँ र तृतीय हुने टिमले २२ हजार दुई सय २२ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै महिला भलिबल तर्फ प्रथम दोस्रो र तेस्रोलाई क्रमशः दश हजार, ६ हजार र चार हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । 

यस्तै रस्साकस्सी तर्फ महिला, पुरुषको पुरस्कार बराबर रहेको आयोजकले जनाएको छ । प्रथम दोस्रो र तेस्रो लाई क्रमशः २ हजार, १ हजार २ सय र १ हजार साथमा मेडल, प्रमाण पत्र वितरण गरिने छ । यस्तै घैंटो फोरको लागि एक हजार पाँच सय र एकल नृत्यको लागि एक हजार पुरस्कार तोकिएको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । मेला व्यवस्थापन समितका अनुसार मेलामा विभिन्न  झाँकी प्रदर्शन गर्ने समुहलाई पनि पुरस्कार व्यवस्था गरिएको छ । 

मेला व्यवस्थापन समिति अध्यक्ष भद्र मल्ल अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, उप प्रमुख बिमलकुमार पुन, १ नम्बर वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, २ नम्बर वडा अध्यक्ष दिनेश खड्का, ३ नम्बर वडा अध्यक्ष दशरथ केसी, ५ नम्बर वडा अध्यक्ष समिरजंग मल्ल, ८ नम्बर वडा अध्यक्ष जयबहादुर थापा लगायतको उपस्थिति रहेको थियो । मेला व्यवस्थापन समितिका सचिव विष्णु चन्दको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन रूपेश भण्डारीले गर्नुभएको थियो ।
 


प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १०:३८
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्