Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल क्रान्तिकारीबाट कर्णाली प्रदेशभर स्ववियुमा विजयी विद्यार्थीलाई रुकुममा सम्मान  

अखिल क्रान्तिकारीका तर्फबाट कर्णाली प्रदेशका १० वटै जिल्लाका विभिन्न क्याम्पसहरुमा स्ववियु अध्यक्ष सहित विभिन्न पदमा जित हाँसिल गरेका सम्पूर्ण विद्यार्थीलाई रुकुम पश्चिममा बधाई ज्ञापन तथा सम्मान गरिएको छ । चौरजहारी नगरपालिकाको सभाहलमा एक कार्यक्रमका विच निर्वाचित पदाधिकारीलाई सम्मान गरिएको हो । 

सबैलाई प्रमाण–पत्रले सम्मान गरिएको बताइएको छ । अखिल क्रान्तिकारी कर्णाली प्रदेशको आयोजना तथा रुकुम पश्चिमको व्यवस्थापनमा नव निर्वाचित विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको शितल क्याम्पस चौरजहारीका स्ववियु अध्यक्ष निराजन केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार नवनिर्वाचित अध्यक्षहरुले आफ्नो क्याम्पसको अवस्था के कस्तो छ ? भन्ने बारेमा रिपोर्टिङ समेत गरेका थिए ।  कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र माओवादी केन्द्रका नेता विशाल शर्माले नव निर्वाचित स्ववियु पदाधिकारीहरुलाई बधाई दिँदै प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो । 

अखिल क्रान्तिकारी कर्णाली प्रदेश समिति अध्यक्ष तिर्सना हमालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल कान्तिकारीका केन्द्रिय उपाध्यक्ष अमरजङको प्रमुख आतिथ्यता र केन्द्रिय महासचिव दिपेश पुनको विशेष आतिथ्यता रहेका थियो । त्यस्तै पार्टीका केन्द्रिय सदस्य पुष्प बादी, जिल्ला संयोजक गोविन्द रोका लगायत विद्यार्थी नेनाहरुको पनि उपस्थिति रहेको थियो । 

अखिल कान्तिकारीका जिल्ला अध्यक्ष नारायण केसीको स्वागत मन्तव्य रहेको कार्यमको सञ्चालन कर्णाली प्रदेश सचिव अटल आचार्यले गर्नुभएको थियो । 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update