Top Navigation
आइतबार, असोज ७, २०८० ०५:०७:३७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०५:०७:३७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #पितिवाङ खेला
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
बलबहादुर खत्री
बलबहादुर खत्री शुक्रबार, चैत १७, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिएका छन् । रुकुमकोट द्धारे खोपिचार होर्दिङ कुचिबाङ दोमई सडक खण्ड अन्तर्गत दुधिल्लागैरा–भैंसीखाल झिंग्री र खोपिचार लगायतका वस्ती सडक सञ्जालमा जोडिएका हुन् । 

विगत देखि नै सडक सञ्जालको सुविधाबाट बञ्चित भएका स्थानीयवासीको आवश्यकलाई मध्यजनर गर्दै लुम्बिनी प्रदेशको प्रादेशिक सडक अन्तर्गत सडक पूर्वाधार विकास कार्यालय रुकुमकोटले वितेको आर्थिक वर्ष २०७७÷०७८ मा  सडकको ट्रयाक खोलेको थियो । 

उक्त सडक खण्डको ३ वर्षपछि आ.व. २०७९/०८० मा पातिहाल्नाबाट होर्दिङसम्म सडक पुगेको छ । दुधिल्लागैरा–पातिहाल्ना देखि होर्दिङसम्म करिव साढे ६ किलोमिटर सडक निर्माण भएको छ । अब लक्ष्य अनुसार साढे तीन किलोमिटर सडक निर्माण गर्न बाँकी  रहेको सडक पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी विकास गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा कुल ३५ लाख बजेटबाट कोपिला निर्माण सेवाले ३ किलोमिटर सडक निर्माण गरेको थियो । त्यसपछि २०७८/०७९ मा कुल २५ लाख रकमबाट एम.बि. ग्रुपले १ दशमलव ७ किलोमिटर, र आर्थिक वर्ष २०७९/०८० मा कुल २० लाख बजेटबाट पाण्डे निर्माण सेवाले सोही खण्डको १ दशमलव ६ किलोमिटर सडक निर्माण गरेको हो । 

३ आर्थिक वर्षमा कुल ८० लाख बजेटबाट साढे ६ किलोमिटर सडक निर्माण गरिएको सडक पूर्वाधार कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार यो सडक खण्ड क्रमागत योजना अन्तर्गत भएकाले बजेट फेरि थप भएमा आवश्यकता अनुसार चौडा,  मेसिनरीवाल लगायत स्तरोन्नतिका काम गरिने बताइएको छ ।  पर्याप्त बजेट आएमा चालु आर्थिक वर्षमै भूमे गाउँपालिका वडा नम्बर ८ को  कुचिवाङ देखि दोमइसम्म सडक पुर्याउने लक्ष्य लिइएको सडक पूर्वाधार कार्यालय रुकुमकोटले जानकारी दिएको छ ।


प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १५:०६
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्