Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाको प्रशासकीय भवन निर्माण हुँदै  

रुकुम पश्चिमको त्रिवेणी गाउँपालकाले पक्कि प्रशासकीय भवन निर्माणको काम थालेको छ । गाउँपालिकाले माघ महिना देखि भवन निर्माणको काम थालेको हो । हाल सेवा संचालनमा रहेको ठाउँ नजिकै वडा नम्बर ३ को खारानेटामा भवन निर्माणको काम भइरहेको गाउँकार्यपालिका प्रवक्ता सुन्दर ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भवन ३ तलाको हुने छ । जसमा शौचालय सहित २८ कोठा हुने छन् । पालिकाको प्रशासकीय भवन निर्माणको लागि संघीय सरकारको ७ करोड ७५ लाख ७२ हजार ७ सय १४ रकम खर्च हुने बताएको छ । २०८१ साल वैशाख मसान्तसम भवन निर्माणको काम सक्ने गरी सम्झौता भएको गाउँपालिकाले जनाएको छ । 

रुकुुम पश्चिमा ६ वटा स्थानीय तह रहेकामा चौरजहारी नगरपालिका र बाँफिकोट गाउँपालिकाले मात्रै भवन गरेका छन् । मुसिकोट साविकको जिल्ला कृषि विकास कार्यालयले निर्माण गरेको भवनमा बसिरहेको छ । आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको भवन निर्माण जारी छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update