
नेपाली कांग्रेस निकट नेपाल दलित संघ रुकुम पश्चिम बाँफिकोट गाउँपालिकाका उपाध्यक्ष सहित ४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उपाध्यक्ष नरबहादुर दमाई सहित ४ जना पार्टी प्रवेश गरेको नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिकाले जनाएको छ ।
पार्टी प्रवेश गर्नेमा दमाई सहित कांग्रेसका स्थानीय कार्यकर्ता मीना परियार, ललिता परियार र रति दमाई रहेको नेकपा माओवादी केन्द्र बाँफिकोट ९ का अध्यक्ष बालाराम देबकोटाले जानकारी दिनुभयो । माओवादी केन्द्र विकासप्रेमी पार्टी भएकोले आफुहरु पार्टी प्रवेश गरेको नरबहादुरले बताउनुभयो ।
उनिहरुलाई नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा पूर्व गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, प्रदेश कमिटी सदस्य कलबहादुर नाथ, नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसी लगायत अबिरआवरण र मालाले पार्टीमा स्वागत गर्नुभयो ।