नेकपाका रूकुम पश्चिम सेक्रेटरी मल्ल माओवादी केन्द्रमा प्रवेश

नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका रूकुम पश्चिम जिल्ला सेक्रेटरी हरि मल्ल भाष्कर नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । उहाँलाई नेकपा माओवादी केन्द्रका उप महासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माले स्वागत गर्नुभयाे ।
नेकपा माओवादी केन्द्र रूकुम-काठमाडाैं सम्पर्क समितिले आज काठमाडाैंमा आयाेजना गरेकाे नयाँ वर्षकाे शुभकामना आदानप्रदान कार्यक्रम मार्फत उहाँ माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे हाे । माओवादीले उहाँलाई कर्णाली प्रदेश समिति सदस्य समेत बनाएकाे छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८० १७:१५
प्रतिक्रिया दिनुहोस्