Kakhara सबैको खबर सम्पूर्ण खबर
पूर्व अर्थमन्त्री शर्माद्धारा चौरजहारीमा निर्माणाधिन एक सय शय्या अस्पतालको निरिक्षण 

पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले आज बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा निर्माणाधिन १ सय शय्या अस्पतालको निरिक्षण गर्नुभएको छ । उहाँले वडा नम्बर ३ स्थित निर्माणाधिन अस्पतालको निरिक्षण गर्नुभएको हो । निर्माणको अवस्थाका बारेमा जानकारी लिनुका साथै उहाँले तोकिएकै समयमा गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । 

त्यस्तै उहाँले सडक डिभिजन कार्यालयको निरिक्षण समेत गर्नुभएको छ । त्यसक्रममा उहाँले सडक डिभिजन कार्यालय मार्फत संचालनमा रहेका योजनाहरुको प्रगतिको बारेमा चारो राख्नुभएको थियो । तिव्र गतिमा विकास निर्माणका काममा ध्यान दिन र गुणस्तरमा ख्याल गर्न उहाँले निर्देशन गर्नुभएको छ । 

नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा उप महासचिव समेत रहनुभएका पूर्व मन्त्री शर्मा जनभेटघाटका लागि केही दिन देखि गृहजिल्लामा रहनुभएको छ । उहाँले हिजो चौरजहारी नगरपालिकाका विभिन्न ठाउँमा जभेटघाट गर्नुभएको छ । 

वडा नम्बर ६, ११, १२ लगायतका ठाउँमा उहाँले जनभेटघाट गरेको र जनताका गुनासा र सुझावहरु लिएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । जनताका पीर मर्का बुझ्न तथा जिल्लामा निर्माणाधिन अवस्थामा रहेको विकास निर्माणका योजनाको अनुगमन, निरिक्षणका लागि जनभेटघाट गरिरहेको पार्टीका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।

उहाँले आज जिल्लाको आठबीसकोट नगरपालिकामा जनभेटघाट गर्दै हुनुहुन्छ । उहाँसंग नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको टोली खटिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update