Top Navigation
मंगलबार, असोज १६, २०८० १२:३५:१०
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, असोज १६, २०८० १२:३५:१०
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #शाेधप्रस्तावका नमुनाहरु
  • #मुकुन्दप्रसाद शर्मा
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #स्यार्पू महाेत्सव
  • #सुशीला विक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादी केन्द्र रुकुम पूर्वः कारबाही फुकुवा, सृदृढ अभियानमा पार्टी सोझियो     
माओवादी केन्द्र रुकुम पूर्वः कारबाही फुकुवा, सृदृढ अभियानमा पार्टी सोझियो     
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, वैशाख २८, २०८०
रुकुमकोटमा तीन दिन सम्म चलेको पार्टी जिससको बैठकमा सहभागीहरू । तस्बिरः कखरा ।

नेकपा माओवादी केन्द्र रुकुमपूर्वले पार्टीको कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुवा गरेको छ । सिस्ने गाउँपालिका-६ रुकुमकोटमा यही वैशाख २५ देखि २७ गते सम्म बसेको पार्टीको बैठकले स्वतन्त्र उम्मेदवारी दिएर पार्टी अनुशासन उल्लङ्घन गरेका नेता तथा कार्यकर्ताको पुरानै पदमा निरन्तरता हुने गरी कारबाही फुकुवा गरेको हो । 


तीन दिन सम्म चलेको पार्टी जिल्ला समन्वय समितिको पूणर् बैठकको पहिलो दिन पार्टीका उप-महासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माको उपस्थित रहेको थियो भने तीन दिन सम्मको बैठकमा केन्द्रीय पार्टी सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल (बलदेव) स्थायी समिति सदस्य गणेशमान पुन, कमला रोका, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पूणर्बहादुर घर्ती मगर, पार्टी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जिल्ला इञ्चार्ज तेजबहादुर ओली लगायत केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो । 


विद्रोह पक्ष र संस्थापन पक्ष गरी दुई धारमा उभिएका माओवादी केन्द्र रुकुमपूर्व सात महिना पछि एक ठाउँमा आएको पार्टीका लुम्बिनी प्रदेश सदस्य कृष्ण रेग्मीले जानकारी दिनुभयो । गएको मङ्सिर ४ को आम निर्वाचनको क्रममा देखिएको अन्तरद्धोन्द्ध तथा विभाजन भएको नेकपा माओवादी केन्द्र रुकुम पूर्व सात महिना पछि एक ठाउँमा आएको रेग्मीले बताउनुभयो । दुई तर्फबाट भएका आफ्ना गल्ती, कमजोरी आत्माआलोचित गरी पार्टीलाई थप एकताबद्ध बनाउने सङ्कल्पका साथ जिल्लामा बसेको लगातार तीन दिन सम्मको बैठकबाट टुङ्गो लागेको रेग्मीको भनाइ रहेको छ । 


आम निर्वाचनको सिलसिलामा गएको असोज २७ गते आधिकारिक रूपमा प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) मा माओवादी केन्द्र भित्रका जिम्मेवारी नेता कार्यकर्ताले वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार विरोध स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका थिए । गठबन्धनको भागबन्डामा प्रदेश निर्वाचन क्षेत्र (क) मा माओवादी केन्द्र र प्रदेश निर्वाचन क्षेत्र (ख) मा नेपाली काँग्रेसको भागमा परेको थियो । त्यस क्रममा प्रदेश निर्वाचन क्षेत्र (क) मा जनभावना आधारमा यस पटक पिछडिएको पुथाउत्तरगङ्गा गाउँपालिकाका नेता तथा कार्यकर्तालाई पार्र्टीको उम्मेदवार बनाउनु पर्छ भन्ने मत विपरित पार्टीले अर्को व्यक्तिलाई टिकट दिएको बन्दै पार्टीबाट विद्रोह गरी पार्टीका प्रदेश सदस्य नेताहरूको समर्थनमा पुथाउत्तरगंगा-१ का सुरुल पुन मगर (अजयशक्ति)लाई स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो । 


यसैगरी प्रदेश निर्वाचन क्षेत्र (ख) मा माओवादीको जनमतलाई पार्टीले वेवास्ता गरेको भन्दै गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका धनबहादुर केसीकोे विरोधमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अलिख क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावलले भागी उम्मेदवार बन्नु भएको थियो । त्यस क्रममा माओवादी केन्द्रले पार्टीका प्रदेश सदस्य देखि गाउँ समिति सदस्य सम्मका दुई दर्जन बढी नेता तथा कार्यकर्तालाई कारबाही तथा निलम्बित गरेको थियो । निर्वाचनमा प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर (अजयशक्ति) पार्टीका जिल्ला इञ्चार्ज तेजबहादुर ओलीलाई पराजित गर्नु भयो भने, प्रदेश निर्वाचन क्षेत्र (ख) मा गठबन्धनका साझा उम्मेदवार काँग्रेसका धनबहादुर केसी निर्वाचित हुनुभयो । 


कारबाहीबाट फुकुवा हुनु भएका पार्टी प्रदेश कार्यालय सदस्य रामसुर बुढा मगरका अनुसार दुबै तर्फबाट आ-आफ्नो ठाउँमा गल्ती, कमजोरी भए त्यसमा आत्मलोचना सहित पार्टीलाई थप सुदृढ गर्दै जानेमा एकता र रूपान्तरण भएको बताउनुभयो । पार्टीलाई बलियो र सुदृढ गर्न एकता बाहेक अरु उपाय नभएको बुढा मगरले भनाइ रहेको छ । दुई धारका नेता तथा कार्यकर्ता एक ठाउँमा आएको पहिलो बैठकले भूमे गाउँ समितिको इञ्चार्जमा रिक्त रहेको पदपूर्ति गरेको छ ।

जसको इञ्चार्जमा प्रदेश परिषद् सदस्य ध्रुवविक्रम ओलीलाई जिम्मेवारी दिइएको छ । जिल्ला इञ्चार्ज, जिल्ला संयोजक र सचिवको सन्दर्भमा पनि फेरबदल गर्नु पर्छ भन्ने बैठकमा विषय उठेको प्रदेश कार्यालय सदस्य बुढा मगरले जानकारी दिनुभयो । यद्यपी सत्ता र पार्टीमा गरी दोहोरो भुमिकामा रहेका नेताहरूको हकमा जिम्मेवारी हेरफेरका लागि अर्को बैठकले प्रदेश र केन्द्रमा सफिारसि हुन सक्ने उहाँले बताउनुभयो । अबको दुई महिनामा केन्द्रीय सदस्यको नेतृत्वमा गाउँगाउँमा पुगि पार्टी सुदृढ अभियान सञ्चालन गर्ने समेत बैठकले जनाएको छ । 

पार्टी सुदृढ अभियान अन्तर्गत यही वैशाख ३० गते भूमे गाउँ समितिको बैठक आह्वान गरिएको छ बुढा मगरले भन्नुभयो वैशाख ३१ गते सिस्ने गाउँ समितिको र जेठ १ र २ गते पुुथाउत्तरगंगा गाउँ समितिको बैठक आह्वान गरिएको छ । वडाको बैठक र सदस्यता नविकरण जेठ २० गते भित्र काम गरिसक्ने बैठकले निणर्य गरेको बुढा मगरले बताउनुभयो । सिस्नेमा स्थायी समिति सदस्य गणेशमान पुन, भूमेमा केन्द्रीय सदस्य पूणर्बहादुर घर्ती मगर र पुथाउत्तरगंगा गाउँपालिकामा स्थायी समिति सदस्य कमला रोकाको नेतृत्वमा पार्टी सुदृढ अभियानमा सञ्चालन गरिने बताइएको छ । प्रदेश सदस्यहरु सम्बन्धीत गाउँपालिकामै खटिने बैठकले निणर्य गरेको बुढा मगरले कखरालाई जानकारी दिनुभयो । 


प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्