Kakhara सबैको खबर सम्पूर्ण खबर
एकीकृत अखिल नेपाल शिक्षक महासंघ मुसिकोटको अध्यक्षमा शशिराम  

एकीकृत अखिल नेपाल शिक्षक महासंघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन गरिएको छ । आज भएको पहिलो भेलाबाट शशिराम घर्तीको अध्यक्षतामा ५ जना मनोनित गर्ने गरी २१ सदस्यीय नगर समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा तपबहादुर कठायत र रेखा मल्ल, सचिव तिलक खड्का र कोषाध्यक्षमा नविन खड्का चयन हुनुभएको छ ।

सदस्यमा युवराज गिरी, लोकबहादुर गिरी, उमा बिष्ट, श्रीकुमार शर्मा, प्रेमकला बाँठा, प्रविण बुढामगर, पवन शाही, भुपेन्द्र परियार, शिवप्रसाद ओली, गणेश केसी र प्रेमबहादुर पुन रहनुभएको छ ।

निवर्तमान वरिष्ठ उपाध्यक्ष नरबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोबिन्द रोका सचिन, माओवादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य धिरण सिर्पाली, मुसिकोट नगर इन्चार्ज बुद्धिप्रसाद गौतम, शिक्षक महासंघका जिल्ला अध्यक्ष प्रेमबहादुर खडका, प्रदेश समिति सदस्य हरिप्रसाद खनाल, एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष शेरबहादुर के.सी, पार्टीका मुसिकोट नगर सचिव शुशिल गौतम, पार्टीका वडा नम्बर २ का अध्यक्ष रमेश खड्का लगायतको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update