Top Navigation
बिहीबार, असोज ११, २०८० ०९:१४:२२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बिहीबार, असोज ११, २०८० ०९:१४:२२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)रुकुम पश्चिमको अध्यक्षमा तेजबहादुर
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)रुकुम पश्चिमको अध्यक्षमा तेजबहादुर
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, जेठ ५, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्र रुुकम पश्चिमको ९ औँ जिल्ला सम्मेनल सम्पन्न भएको छ । आज सहिद प्रतिष्ठानको सभाहल मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा ९ औँ जिल्ला सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले नयाँ कार्यसमिति निर्माण गरेको छ ।

तेजबहादुर बटलाको अध्यक्षतामा ३३ सदस्यीय कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा रीता डाँगाी, नित्यदेव केसी, शेरबहादुर केसी, सचिवमा बलविर चनारा, सह–सचिव मोहना दाहाल र कोषाध्यक्षमा रीमा डाँगी चयन हुनुभएको छ । 

पदाधिकारी सहित १६ जना जिल्ला कार्यसमिति चयन गर्दा विभिन्न घटक संगठनको जिम्मेवारी सहित जिल्ला सदस्यमा चयन गरिएको छ । खाद्यबाली घटक संगठनमा केशव केसी, तरकारीबालीमा डिलबहादुर पुन, कुखुरापालकमा मीना शाही, पशुपालकमा प्रताप नकाल, फलफूलबालीमा हिमबहादुर पुनलाई जिम्मा दिइएको छ ।

त्यस्तै जडिबुटीमा भिमबहादुर बुढाथोकी, मौरीपालकमा लालबहादुर ओली, नर्सरी तथा पुष्पमा नरेन्द्र भण्डारी, माछा पालकमा कृष्णबहादुर ओली र मसलाबालीमा शेरबहादुर खड्कालाई जिम्मेवारी दिइएको बताइएको छ । घटक संगठनको जिम्मेवारी प्राप्त गरेकाहरु अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रिय सदस्य समेत हुन् ।
 
घटक संगठनले आ–आफ्नो क्षेत्रमा गर्नुपर्ने काम, किसानका समस्या, किसानका मागहरुको सम्बोधन गर्न पहल गर्ने संगठका केन्द्रिय महासचिव तथा प्रमुख अतिथि नरेन्द्र खड्काले बताउनुभयो । उहाँका अनुसार घटक संगठनमा केन्द्रिय सदस्य रहेकोले जिल्लामा मात्रै नभएर आवश्यक परेकोे खण्डमा जिल्ला बाहिर पनि काम गर्ने उहाँको भनाई छ । 

अखिल नेपाल किसान महासंघ रुकुम पश्चिमका निवर्तमान अध्यक्ष जनक बटलाको अध्यक्षतामा भएको ९ औं जिल्ला सम्मेलनमा केन्द्रिय महासचिव खडकाको प्रमुख र नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बसन्तकुमार शर्माको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य टेकबहादुर गिरी, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, राष्ट्रिय भूमी आयोग रुकुम पश्चिमका अध्यक्ष मिनबहादुर ओली, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष नारायण केसी लगाएत ६ वटै पालिकाका अखिल  नेपाल किसान महासंघमा आवद्ध किसानहरुको सहभागिथा रहेको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  २१:०८
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलाले बगाउँदा १ जना बेपत्ता 
पुमा खोलाले बगाउँदा १ जना बेपत्ता 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्