Kakhara सबैको खबर सम्पूर्ण खबर
वाईसिएल मुसिकोट नगर समितिको अध्यक्षमा विष्णु  रेउले

नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग वाईसिएल मुसीकोट नगर समितिको  नयाँ नेतृत्व चयन गरिएको छ । योङ कम्युनिष्ट लिग वाईसिएल मुसीकोट नगरको दोस्रो भेलाले  नयाँ नेतृत्व चयन गरेको हो । मुसीकोट नगरपालिका वडा नम्बर ५ सहिद प्रतिष्ठानको सभा हल सेरिगाउँमा भएको दोस्रो भेलाले विष्णु रेउलेको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्य समिति निर्माण गरेको छ । 

जसको उपाध्यक्षमा कुमार ओली, किरण विस्वकर्मा, सचिवमा गनेश पाण्डे, सह सचिवमा राजु खड्का र कोेषाध्यक्ष रितु सुनार चयन हुनभएको छ । कार्यक्रममा पाटीका केन्द्रिय सदस्य बसन्त शर्माको  प्रमुख अतिथि रहेको थियो । भने  वाईसिएलका जिल्ला ईन्चार्ज जनक विस्वकर्माको विषेश आतिथ्यता रहेको थियो ।

त्यस्तै अतिथिहरु पाटीका कर्णाली प्रदेश सदस्य श्रीकुमार कठाएत, मुसीकोट नगर समिति अध्यक्ष दलबहादुर खड्का सचिव सुशिल गौतम, वासिएलका केन्द्रिय अनुशासन आयोगका सदस्य डम्बर थापा, वाईसीएल कर्णाली प्रदेश सदस्य धनमाया बोहरा, जिल्ला संयोजक गोविन्द ओली लगायत युवाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update