Kakhara सबैको खबर सम्पूर्ण खबर
‘नमुना आमा’को निधनप्रति माओवादी केन्द्र रुकुम पश्चिमद्धारा दुःख व्यक्त

नेकपा माओवादी केन्द्रकी केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च सदस्य तथा जनयुद्धका शहीदहरु कमानसिंह बुढाथोकी र छविलाल बुढाथोकीकी आमा तुलसा बुढाथोकी ‘नमुना आमा’को निधनप्रति नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले दुःख व्यक्त गरेको छ । पार्टीका जिल्ला संयोजक गोविन्द रोकाले एक शोक वक्तव्य निकाल्दै दुःख व्यक्त गर्नुभएको हो । 

‘पार्टीको एक सक्रिय र निष्ठावान कार्यकर्ता, प्रेरणादायी शहीद परिवार बुढाथोकीको निधनबाट पार्टीलाई अपुरणीय क्षती पुगेको छ’ पाटीले जारी गरेको वक्तव्यमा भनिएको छ । बुढाथोकी जस्तोसुकै कठिन परिस्थितिमा पनि पार्टीको पक्षमा सतिसाल झैं खडा भइरहने, २०५५ कात्तिक २ गते दुई छोराहरु एउटै घटनामा शहीद हुँदा पनि रत्तिभर विचलित नभई सबैलाई सम्झाइबुझाई गरेको, छोराहरुको साहदतको बदला लिन भन्दै आफै जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएर युद्धमा होमिएको लगायत पार्टी प्रति उहाँले गरेको योगदानको स्मरण गर्दै पार्टीले उहाँ प्रति श्रदाञ्जली अर्पन गरेको छ । 

बुढाथोकी जस्तोे अद्भुत व्यक्तित्व र कृतित्वकी धनी कर्मठ समाजसेवी कार्यकर्ता गुमाउदा पार्टीमा ठूलो क्षती पुगेको शोक वक्तव्यमा भनिएको छ । उहाँको चिन्तन शैली र जीवन व्यवहारबाट प्राप्त अमूल्य शिक्षालाई आफ्नो जीवनचर्यासँग मिलाएर पार्टी र जनताको पक्षमा उहाँ जस्तै निरन्तर लागिरहने प्रतिवद्धता समेत पार्टीले गरेको छ । समाजमा नमुना योग्य काम गरेकोले उहाँलाई ‘नमुना आमा’ को रुपमा चिनिन्छ ।
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update