
नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसीयल) रुकुम पश्चिमले भ्रष्टाचार विरुद्ध खबरदारी अभियान संचालन गर्ने भएकाे छ । संगठनको १७ औं जिल्ला समिति बैठकले जिल्लाभरीका सबै विकास निर्माणका कामकाजमा भए गरेको ढिला सुस्ती, सौदाबाजी, भ्रष्टाचारका बिरुद्ध अभियान संचालन गर्ने निर्णय गरेको हो ।
यसको नेतृत्व जिल्ला इन्चार्ज जनककुमार विश्वकर्माले गर्ने र जिल्लाभरीका सबै सदस्यहरुको सहभागिता रहने बैठकले निर्णय गरेको छ । त्यस्तै वाइसीयलले विपद्बाट हुनसक्ने क्षेतिलाई कम गर्न प्रतिकार्य समुह बनाएको छ । जिल्ला विश्वकर्माको नेतृत्वमा एक सय सदस्यीय समुह गठन गरिएको हो । यो समुह जिल्लाका कुनैपनि ठाउँमा विपद्का घटना भएमा उद्दारका लागि खटिने इन्चार्ज विश्वकर्माले बताउनुभयो ।
साथै संगठनले वेरोजगारहरुको संख्या एकीन गरी उत्पादन कार्यमा सहभागी बनाएर स्वरोजगार बनाउने उद्देश्य लिएको छ । वाइसीयल रुकुम पश्चिमले असार १४ गते देखि २५ गतेसम्म सदस्यता वितरण, २७ गते ७३ वटै वडाको सम्मेलन गर्ने, साउन ६ गते सबै ६ वटै पालिकाको सम्मेलन गर्ने, साउन १३ गते क्षेत्रिय निर्वाचन समितिको सम्मेलन गर्ने र साउन २५ गते जिल्ला समन्वय समितिको सम्मेलन गर्ने पनि निर्णय गरेको छ ।