
अनेरास्ववियु क्रान्तिकारी रुकुम पश्चिम देशभरमै १ नम्बरमा पर्दै सम्मानित भएको छ । काठमाडौंमा जारी क्रान्तिकारी स्ववियु काउन्सिल नेपालको तेस्रो भेलामा अखिल क्रान्तिकारीका देशभरका शाखा मध्येमा १ नम्बरमा पर्दै आज प्रधानमन्त्रीबाट देशभरमै १ नम्बरमा पर्दै सम्मानित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संगठनका जिल्ला अध्यक्ष नारायण केसीलाई सम्मान पत्र प्रदान गर्नुभयो ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८० को नतिजा अनुसार संगठन देशभरमै १ नम्बर जिल्लाका रुपमा सम्मानित भएको अध्यक्ष केसीले बताउनुभयो । सम्मान पत्र मार्फत स्ववियु निर्वाचनमा विजय हासिल गर्ने पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरिएको छ । रुकुम पश्चिम सहित १० वटा जिल्ला सम्मानित भएको अखिल क्रान्तिकारीले जनाएको छ ।
रुकुम पश्चिममा ७ त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त र एक मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेकामा ७ वटामा अखिल क्रान्तिकारीले नेतृत्व गरिरहेको छ । केहीमा निर्वाचन भएको थियो भने केहीमा सहमतिमा नेतृत्व चयन गरिएको थियो । एउटा क्याम्पसमा भने नेविसंघले जितेको थियो ।