Kakhara सबैको खबर सम्पूर्ण खबर
सीता दाहालप्रति माओवादी केन्द्र मुसिकाेटद्वारा श्रदाञ्जली सभा आयाेजना

नेकपा माओवादी केन्द्र रूकुम पश्चिम मुसिकाेट नगरपालिकाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालकाे निधनमा शाेक व्यक्त गरेकाे छ । आज मुसिकाेट ५ सेरिगाउँमा रहेकाे सहिद प्रतिष्ठानमा श्रदाञ्जली सभा आयाेजना गरि स्वर्गीय सीता दाहालप्रति श्रदाञ्जली अर्पण गर्दै शाेक व्यक्त गरेकाे हाे ।

नेकपा माओवादी केन्द्र मुसिकाेटका अध्यक्ष दलबहादुर खड्काकाे अध्यक्षतामा भएकाे श्रदाञ्जली सभामा सहभागीहरूले स्वर्गीय सीताकाे फाेटाेमा अविरआवरण र माल्यार्पण गरेर श्रदाञ्जली अर्पण गरेका थिए । सभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयाेगका सदस्य देविलाल गाैतमले शाेक मन्तव्य राख्नुभएकाे थियाे ।
सीता दाहाल माओवादी आन्दाेलनकाे प्रेरणादायी पात्र रहेकाे गाैतमले बताउनुभयाे । उहाँकाे निधनले माओवादी र सिंगाे देशलाई अपुरणिय क्षति पुगेकाे बताउनुभयाे ।

कार्यक्रममा पार्टीका केन्द्रीय वैकल्पिक सदस्य बुद्घिप्रसाद गाैतम, प्रदेश समिति सदस्य गाेप्यश्वर केसी, धिरन सिर्पाली, पार्टीका जिल्ला समन्वय समिति सदस्यहरू, नगर समितिका पदाधिकारी तथा सदस्यहरू, नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरू, जन वर्गीय संगठनका प्रतिनिधि लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे संचालन नगर समिति सचिव सुशील गाैतमले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update