Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यार्थीहरुलाई निर्वाचन शिक्षा 
कार्यक्रममा सहभागि विद्यार्थीहरू ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका ३ विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम संचालन गरिएको छ । विद्यालय निर्वाचन शिक्षा कार्यक्रम अन्तरगत जनता मावि झिन्चौर, बालकल्याण मावि राडि र नेपाल राष्ट्रिय मावि गत्तसैनामा कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई निर्वाचन शिक्षा दिईएको हो ।

वार्षिक कार्यक्रम अनुसार मंगलबार ३ विद्यालयमा पुगेर बिद्यार्थीहरुलाई निर्वाचन शिक्षा सम्बन्धी जानकारी गराईएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । सामाजिक विषयमा निर्वाचन शिक्षा समावेश रहेको र यसै अनुसार विद्यार्थीहरुलाई निर्वाचन शिक्षा सहित संविधान र लोकतन्त्रका बारेमा समेत जानकारी गराईएको उहाँले बताउनुभयो । 

विद्यालय निर्वाचन शिक्षा कार्यक्रम संचालन गर्ने वार्षिक कार्यक्रम नै रहेको उहाँको भनाई छ । जसअनुसार यो वर्ष जिल्लाका १५ वटा विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम संचालन गर्न लागिएको उहाँले बताउनुभयो । जसमध्ये ३ विद्यालयमा कार्यक्रम संचालन भइसकेको र बाँकी १२ वटा विद्यालयमा पनि छिट्टै यो कार्यक्रम संचालन हुने उहाँले बताउनुभयो । जिल्लाका ६ वटै स्थानीय तहका विद्यालयहरु समेटिने गरी यो कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update