पशुपति माविमा अखिल क्रान्तिकारीको संगठन विस्तार

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा रहेको पशुपति मावि रातामाटामा अखिल (क्रान्तिकारी)ले संगठन विस्तार गरेको छ । आज भएको विद्यार्थी भेलाबाट ३५ सदस्यिय मावि मूल इकाई समिति गठन गरिएको हो ।
जसको अध्यक्षमा दीपकजङ खड्का, उपाध्यक्षमा सञ्जिता धनुसे, समिर विष्ट, सचिवमा करुणा पुन मगर, सहसचिवमा निरुता चन्द, प्रियङका शाही र कोषाध्यक्षमा केलिना खड्का रहनुभएको छ । संगठनका जिल्ला उपाध्यक्ष्य विशाल विष्ट, मुसिकोट नगर समिति अध्यक्ष दुर्गाप्रसाद बिक र सह सचिव दीपक डाँगीको उपस्थितिमा संगठन विस्तार गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १८:३३
प्रतिक्रिया दिनुहोस्