चौरजहारी नगरपालिकाको हिमालय मावि खोलागाउँमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारले संगठन विस्तार गरेको छ । विद्यालयको मावि तह ११, १२ र प्राविधिक धार तर्फ गरी दुई वटा समिति निर्माण गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।
कक्षा ११, १२ मा पुष्पकमल शाहीको अध्यक्षतामा ३७ सदस्यीय मावि मूल इकाई समिति गठन गरिएको संगठनले जनाएको छ । जसको उपाध्यक्षमा सीता रावत, प्रविन्ता शर्मा र देवराज विष्ट, सचिवमा बर्षा शर्मा, सह–सचिवमा भद्रशिला राणा मगर, दिलमाया देवकोटा र खिमध्वज पौडेल तथा कोषाध्यक्ष सुशीला के.सी चयन हुनुभएको छ ।
त्यस्तै प्राविधिक धार तर्फ तुलशा खड्काको अध्यक्षमा २९ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा एलिना वि.क., नवीन हमाल, सचिवमा सुनिता के.सी, सह–सचिवमा कल्पना मल्ल र कोषाध्यक्षमा सुन्दर केसी रहनुभएको छ ।
संगठनका जिल्ला उपाध्यक्ष निराजन के.सी, चौरजहारी नगर समिति अध्यक्ष प्रकाश डाँगी, सह सचिव नविन्द्र महतारा, जहारी क्याम्पस स्ववियू उपाध्यक्ष हेमराज आचार्य, सचिव महेश ओली लगायतको उपस्थितिमा संगठन विस्तार गरिएको बताइएको छ ।