
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू रुकुम पश्चिमको १६ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । मुसिकोट खलंगामा बुधबार भएको १६ औं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । जिल्ला सम्मेलनले रमेश मल्लको अध्यक्षतामा २७ सदस्यीय नयाँ जिल्ला समिति निर्माण गरेको छ ।
जसको उपाध्यमा कृष्णा बस्नेत, सचिवमा टिका ओली, उप– सचिवमा रमण परियार, इलाका बुढामगर र कोषाध्यक्षमा प्रमिला मल्ल चयन हुनुभएको छ । संगठनका निवर्तमान अध्यक्ष हुकुम बिसीको अध्यक्षतामा भएको सम्मेलनमा अनेरास्ववियूका केन्द्रिय उप– महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज डम्बर सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।
पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज देवि ओलीको विशेष र जिल्ला अध्यक्ष बिमलकुमार पुन, उपाध्यक्ष माधवप्रसाद गौतम, सचिव सुरज परियार लगाएतको उपस्थिति रहेको थियो ।