Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा सुरक्षा समितिको बैठक बस्दै 

शुक्रबार मध्यरातमा गएकाे भूकम्पका कारण ठुलो क्षति भएपछि रुकुम पश्चिमँमा जिल्ला सुरक्षा समितिको बैठक बस्दै छ । उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्न र आवश्यक निर्णय गर्न बैठक बस्न लागेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । जिल्लाको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा धेरै क्षति भएका खबरहरु आइरहेको र एकीन हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

कति मानवीय क्षति भयो भनेर भन्न सकिने अवस्था नरहेको उहाँको भनाई छ । भूकम्पका कारण ठाउँ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भइरहेका खबरहरु पनि आइरहेको उहाँले जानकारी गराउनुभयो । जसका कारण घटनास्थलहरुमा पुग्न समस्या हुने देखिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो । आठबीसकोटमा १० जना भन्दा बढीको ज्यान गएको अपुष्ट खवरहरु आएका छन् । सानीभेरी गाउँपालिकामा पनि केही व्यक्तिको मृत्यु भएको अपुष्ट खबर आएको छ । 

जाजरकाेटकाे रामिडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा ६.४ रेक्टर स्केलकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update