Kakhara सबैको खबर सम्पूर्ण खबर
मेरोमाइक्रोफाइनान्सद्वारा भुकुम्प पीडित सदस्यलाइ आठ लाख बराबरको राहत बितरण

जाजरकोट भूकम्पमा परेका सदस्यलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था कालिमाटी जाजरकोट शाखाले आठ लाख रुपैयाँ बराबरको राहत बितरण गरेको छ । कार्तिक १७ गते गएको भूकम्पमा परी नलगाड नगरपालिका वडा नम्बर १ देखि ७ सम्मका तथा बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका सदस्यलाई संस्थाले राहत दिएको हो । 

पाली, कल्पत, डाँडागाउँ, कैना, चाउलिचौर, करुवा, कट्के, बाङ्गेडाँडा, गराक्ली, औल, भारगाउँ, थाप्ला, लह, खनटाकुरा, कालिमाटी, दल्ली, बारेकोट गाउँपालिका ८ कोल्लेनी गाउँ, सागुतारा गाउँ, रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका चिसापानी, भल्म, घेत्मा, पिपलगैरा र जाजरकोटको भेरी नगरपालिका १ रिम्नाका गरी विभिन्न केन्द्रमा आवद्ध ३ सय ९८ जना पीडितलाई राहत उपलब्ध गराइएको हो । 

भूकुम्प पीडित सदस्यलाई संस्थाको अनुगमन कार्यालय बिरेन्द्रनगर सुर्खेतका अनुगमन अधिकृत जयन्त भण्डारीको उपस्थितिमा राहत वितरण गरिएको हो । मेरोमाइक्रोफाइनान्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट विभिन्न जिल्लाहरुमा १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई बित्तीय सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update