Kakhara सबैको खबर सम्पूर्ण खबर
हेड्स नेपालले दियो जाजरकोट र रुकुम पश्चिममा राहत 
रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिकालाई राहत हस्तान्तरण गरिदै ।

हेड्स नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत प्रदान गरेको छ । उसले दुई जिल्लाका लागि गरी १० लाख बराबरका राहत सामग्री प्रदान गरेको जनाएको छ । ज्याकेट, ट्रयाकसुट, हुडि, टोपी लगायतका कपडा दुवै जिल्लालाई हस्तान्तरण गरिएको संस्थाको भनाई छ । 

रुकुम पश्चिमका चौरजहारी नगरपालिका, सानीभेरी गाउपालिका र जाजरकोट जिल्लाको भेरी नगरपालिकामा राहत सामग्री हस्तान्तरण गरिएको संस्थाका रुकुम–काठमाण्डौं सम्पर्क प्रमुख प्रशान्त महताराले जानकारी दिनुभयो । हेड्स नेपालका अध्यक्ष इश्वरचन्द्र बानिया, उपाध्यक्ष सोविता नेपाल, कोषाध्यक्ष दिलिप देवकोटा र कर्णाली प्रदेश संयोजक राजु पाण्डे दवकोटाले राहत हस्तान्तरण गर्नुभएको हो । 

चौरजहारी नगर प्रमुख पुष्प वादी, सानीभेरी गापालिका प्रमुख विर्खबहादुर विष्ट र जाजरकोट भेरी नगरपालिका प्रमुख चन्द्रप्रकास घर्तीलाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update